• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. पृथ्वी राजमार्गको परेवा भीरमा साँझसम्म यातायात सञ्चालनको तयारी

कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप
    नेपालका अधिकांश युवाहरूको सपना भनेको अवसर, रोजगारी र उज्ज्वल भविष्य हो । यही सपना पूरा गर्न नेपालका लाखौ नेपाली युवाहरु विगत धेरै दशकदेखि विदेशतिर आकर्षित हुँदै आएका छन् । अहिलेपनि यो आकर्षणलाई केहीले व्यवसायको रूपमा लिएका छन् भने केहीले खुलेआम ठगी र नागरिक बेचबिखनको उपकरण बनाएका छन् । यसैबीच पछिल्लो समय नेपालमा कन्सलटेन्सीहरूले कामका लागि या अध्ययनका लागि विदेश पठाउन खेलिरहेको भूमिकाबारे गम्भीर प्रश्न उठ्दै आएको छ । एकातिर श्रम आपूर्तिको नाममा कन्सलटेन्सीहरुले गरेका धन्दाले जनविश्वास गुमाएको छ भने अर्कोतिर शिक्षा र अवसरको नाममा स्थापित कन्सलटेन्सीहरूले युवा पुस्तालाई ठगीमा फसाइरहेका छन् ।
    कुनैबेला नेपालमा कन्सलटेन्सी भन्ने शब्द नै खासै प्रचलनमा थिएन । विदेशिन चाहने युवाहरूको पहिलो रोजाइ भनेको मेनपावर कम्पनी नै थियो । राजधानीका चोकचोकमा मेनपावरका बोर्ड टाँसिएका हुन्थे र गाउँ–गाउँबाट आएका नागरिकले आफ्ना सपना त्यहीँ सुम्पन्थे । भिसा प्रक्रिया, टिकटदेखि लिएर रोजगारीसम्मको सम्पूर्ण व्यवस्था मेनपावर कम्पनीहरूले गर्थे । तर विस्तारै समय फेरीयो- मेनपावरहरु ओझेलामा पर्न थाले र नेपालमा मेनपावरको विकल्पका रुपमा उदाए शहरका गल्लीका घर घरमा कन्सलटेन्सीहरु।

    कन्सलटेन्सीहरूको बढ्दो प्रभाव

    मेनपावरप्रतिको विश्वास घट्दै गएपछि अर्को विकल्पका रूपमा कन्सलटेन्सीहरू हौसिएर फैलन थाले। सुरुमा कन्सलटेन्सीले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई जानकारी दिने, भाषा सिकाउने, भिसा प्रक्रिया सहज बनाइदिने सेवा पुर्‍याउँथे। तर विस्तारै यस क्षेत्रले पनि मेनपावरको बाटो पछ्याउन थाल्यो। आज देशका मुख्य शहरहरूमा नजर लगाउने हो भने प्रत्येक गल्ली–चोकमा कन्सलटेन्सीका साइनबोर्ड झुन्डिएका देखिन्छन् । बिहान सबेरैदेखि बेलुकी ढल्केन्जेलसम्म हजारौँ विद्यार्थी कतै न कतै कन्सलटेन्सी धाउँछन्। तर तीमध्ये धेरैले ठगी र धोका व्यहोर्नुपरेका प्रशस्त उदाहरण छन्।

    Advertisement

    पढाइका लागि भनेर विद्यार्थीलाई यूरोप, अमेरिका वा अस्ट्रेलिया पठाइन्छ भन्ने देखाइन्छ । तर व्यवहारमा भने ठगी धन्दा चलाइन्छ । अहिले राजधानी लगायत देशका केही प्रमुख शहरहरुमा कन्सलटेन्सीका नाममा घर घरमा लुट धन्दा मच्चाइएको छ । केही कन्सलटेन्सीहरूले भिजिट भिसामा नागरिकलाई विदेश पठाएर विदेशमै अलपत्र पार्ने गरेका छन् । कतिपय कन्सलटेन्सीहरूले अध्ययनको नाममा पठाइएका युवालाई श्रमिक हुन बाध्य पारेका थुप्रै घटनाहरु छन् । कन्सलटेन्सीहरू कै दोगलापनको कारणले कतिपय विधार्थी त ट्रान्जिटमै अड्किन्छन् भने कतिपयलाई देश प्रवेश गर्नै नदिई फर्काइन्छ।

    अहिलेपनि यसरी ठगिएका हजारौँ युवाले आफ्नो जीवनको बहुमूल्य समय, रकम र आत्मविश्वास गुमाइरहेका छन् । कन्सलटेन्सीहरूको लापरबाहीले युवाहरुको विदेशिने सपना मात्र होइन, उनीहरूको परिवारसमेत ऋणको बोझले थिचिन्छ । गाउँ–गाउँमा घरबार बेचेर वा साहुबाट चर्को ब्याजमा ऋण लिएर विदेश पठाएका परिवार यस्ता घटनामा बर्बाद हुन्छन् ।

    कन्सलटेन्सी : पैसा असुल्ने नयाँ ठाउ
    अहिले कन्सलटेन्सीहरूले पनि चर्को शुल्क असुल्ने प्रचलन सुरु गरेका छन् । भाषा कक्षा, फारम शुल्क, भिसा प्रोसेसिङ शुल्क, कागजपत्र प्रमाणिकरण, स्वास्थ्य परीक्षण, इन्सुरेन्स आदिका नाममा विद्यार्थीबाट लाखौँ रुपैयाँ असुलिन्छ । कतिपय अवस्थामा शुल्क तिरेपछि पनि भिसा अस्वीकृत हुने र त्यसरी लिइएको रकम फिर्ता नहुने समस्याले विद्यार्थी र अभिभावकलाई ठुलो धक्का पुर्‍याएको छ ।

    सरकार र नियमनको कमजोरी
    हजारौ नेपाली युवाहरु ठगिएपछिको सबैभन्दा गम्भीर प्रश्न नियमनको हो । श्रम मन्त्रालय र शिक्षा मन्त्रालय अन्तर्गतका निकायहरू सक्रिय भएर कन्सलटेन्सीहरूको अनुगमन गर्ने जिम्मेवारी राखिएका छन् । तर व्यवहारमा ती निकायहरू प्रभावकारी देखिँदैनन् । पछिल्लो समय सरकारी संयन्त्र आफैँ कन्सलटेन्सीप्रति नरम र मेनपावर प्रती गरम भएजस्तो देखिएको जनगुनासो सुनिन्छ। राजनीतिक पहुँच, आर्थिक लाभ र प्रभावशाली व्यक्तिहरूको संलग्नताका कारण धेरै कन्सलटेन्सी सजिलै दर्ता हुन्छन् र खुला रूपमा ठगी धन्दा चलाइरहेका छन् ।

    अहिलेसम्म थुप्रै कन्सलटेन्सी माथि थुप्रै उजुरी दर्ता भए पनि उनीहरुमाथिको ठोस कारबाही विरलै देखिन्छ । कतिपय कन्सलटेन्सीहरु अनियमिततामा संलग्न भएको प्रमाणित भए पनि उनीहरू फेरि अर्को नाममा व्यवसाय सुरु गर्छन् । यसरी सरकारी नियमन कमजोर हुँदा नागरिक निरन्तर शोषणमा परिरहेका छन् । यस्ता घटनाले केवल व्यक्तिगत वा पारिवारिक स्तरमै पीडा दिएको छैन, यसले पार्ने सामाजिक असर पनि गम्भीर छ । गाउँमा रहेका युवाले विदेश जाने रहरमा घर र जग्गा बिक्री गर्छन् । कतिपय अभिभावकले छोराछोरी विदेश पठाउने क्रममा आफूलाई बुढेसकालमा निर्बल पारिरहेका छन् । उता ठगिएका युवाहरू फर्किएपछि समाजमा हाँसोको पात्र बन्नुपर्छ, आत्मसम्मान गुम्छ र कतिपय अवस्थामा मानसिक आघातले आत्महत्यासम्म हुने घटनाहरू पनि देखिएका सार्वजनिक हुने गरेका छन् ।

    कुनै समय , मेनपावरहरुले नागरिकलाई खाडीमा बेचे भनेर आरोपहरु लगाईने गरीन्थ्यो। तर अहिले कन्सलटेन्सीहरुले आठ कक्षा पास भएको मान्छेलाई ब्याचलर पास बनाएर, Dipendent भिसाका नाममा नक्कली विवाह गराएर हजारौ मान्छेका जिन्दगी बर्बाद बनाइदिदा पनि कन्सलटेन्सीहरु कारबाहीको घेराभन्दा धेरै पर छन् । मेनपावरहरु ले ठगी धन्दा चलाए भन्दै सुरु भएको कन्सलटेन्सीको व्यावसाय आज आफै त्यो भन्दा भयङ्कर ठुलो ठगी धन्दामा चुर्लुम्म डुबेका छन्। मेनपावरको विकल्पका रूपमा आएका कन्सलटेन्सीहरूले आज नागरिकको युरोप र अमेरिका पुग्ने सपनालाई ठगीको जालमा फसाइरहेका छन्। हजारौँ युवाको भविष्यसँग खेलबाड गर्ने कन्सलटेन्सीहरुको यो लुट धन्दामाथि सरकार कठोर भएर लाग्न जरुरी छ। नत्र भने, नेपालका युवाहरूको सपना निरन्तर चकनाचुर भइरहनेछ र समाजले अझै गहिरो पीडा भोगिरहनुपर्नेछ । विदेशिनु विकल्प होइन, बाध्यता मात्र नहोस् भन्न सरकार, समाज र नागरिक सबै सचेत हुनुपर्ने समय यही हो।

    अहिले मानव बेचबिखनको स्वरूप फेरिँदै गएको गएको छ। भिजिट भिसादेखि विद्यार्थी भिसामा समेत मानव ओसारपसार र बेचबिखन भइरहेको छ। वैदेशिक रोजगारमा हुने बेथितिका कारण पछिल्लो समय वैदेशिक रोजगार विभाग र अध्यागमन विभागबीच समेत असमझदारी बढेको छ । अध्यागमनले कागजपत्रको आधिकारिता जाँच्नु आफ्नो कर्तव्य भएको जनाएको छ भने वैदेशिक रोजगार विभागले भने अध्यागमनले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । यो स्थितीको निर्माण हुनुमा कन्सलटेन्सीहरुको सबैभन्दा ठुलो भुमका रहेको छ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.