• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । संयुक्त विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

    Advertisement

    मंगलबार शहरी विकास मन्त्रालयमा पुगेर उनीहरुले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

    यस्तो छन् ,उनीहरुको मागहरु
    १. संविधानमा व्यवस्था भए बमोजिम आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दछौं । संविधानको प्रस्तावनामा ‘समाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने’ प्रतिवद्दता समेत व्यक्त गरिएको अवस्थामा ऐनले उक्त मर्मलाई समेत आत्मसात गर्दै समावेशी सिद्धान्तमा आधारित समाजवादी शिक्षा नीति, कार्यक्रम एवं अवधारणाहरुको विकास गरी लागू गर्न माग गर्दछौं ।

    २. सीपमुलक, रोजगारमुखी र उत्पादन केन्द्रित शिक्षा प्रदान गरी सामुदायिक विद्यालयको गुणस्तरमा व्यापक सुधार गर्न सरकारको प्रतिवद्धता बमोजिम तीनै तहका सरकारहरुले आ–आफ्नो कुल बार्षिक बजेटको न्युनतम बीस प्रतिशत शिक्षामा अनिवार्य विनियोजन गर्न माग गर्दछौं ।

    ३. शैक्षिक क्षेत्रमा निजीकरण र व्यापारिकरणले निम्ताएको विकृति सहितलाई पुर्णरुपले निर्मुल गरि शिक्षालाई व्यावसायिक नभई पूर्णरूपमा सेवामुखी क्षेत्रको रूपमा विकास गरी नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम सबै तहको शिक्षालाई क्रमशः पूर्ण निःशुल्क बनाउँदै लैजान जोडदार माग गर्दछौं । साथै अव नयाँ निजि शिक्षण संस्था खोल्न अनुमती दिने प्रावधान सदाको लागि बन्द गर्न जोडदार माग गर्दछौं ।

    ४. प्रस्तावित विधेयकको शिक्षक सेवा प्रवेशको उमेरहद र शैक्षिक योग्यता सम्वन्धी व्यवस्थाले विद्यालयमा दक्ष शिक्षक अभावको गम्भीर अवस्था सिर्जना गर्ने र त्यसले सार्वजनिक शिक्षामा थप संकट पैदा हुने भएकोले उक्त प्रस्ताव खारेज गरि निश्चित समयावधिको लागी साविककै १८–४० वर्ष उमेरहद र पुर्ववत शैक्षिक योग्यता सम्बन्धी व्यवस्थालाई कायम गर्न माग गर्दछौं ।

    ५. शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिने जोसुकैका सन्तान अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था ऐनमै लिपिवद्ध गर्न माग गर्दछौं ।

    ६. सबै शैक्षिक संस्थाहरुमा पाठ्यक्रम र पाठ्यसामग्रीको भाषामा समानता र एकरुपता कायम गर्न माग गर्दछौं । नेपालका विभिन्न मातृभाषाहरु माथि भइरहेको भाषिक अतिक्रमण बन्द गरी सबै शिक्षण संस्थाहरुमा विद्यार्थीको पठनपाठनको माध्यम भाषाः मातृभाषा, नेपाली भाषा र कम्तिमा एक अन्तर्राष्ट्रिय भाषामा गर्ने गरी एकरुपता कायम गर्न जोडदार माग गर्दछौं ।

    ७. बाल विकासलाई विद्यालय शिक्षा भित्र समावेश गरी त्यहाँ अध्यापन गराउने शिक्षकहरुलाई शिक्षककै रूपमा कायम गर्न माग गर्दछौं । प्रस्तावित विधेयकमा एक प्रदेशवाट अर्को प्रदेशमा ५ वर्षसम्म शिक्षक सरुवा नहुने नीति प्रस्ताव गरिएकोमा त्यसलाई खारेज गरी परीक्षणकाल पछि सरुवा गर्न सकिने व्यवस्थासहित सरुवाको समय र प्राथमिकताहरु कायम गर्न माग गर्दछौं ।

    ८. शिक्षक तथा विद्यालय कर्मचारीका जायज मागहरु पुरा गर्न माग गर्दै शिक्षक नियुक्ती प्रक्रियामा समावेशी मूल्य मान्यतामा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धा मार्फत गर्न माग गर्दछौं । शिक्षणको गुणस्तर अभिवृद्धि तथा शिक्षकहरुको व्यवसायिक क्षमता विकासका लागि व्यवस्थित प्रशिक्षण, अनुसन्धान र नवप्रवर्तनलाई समेट्ने टिचर्स एकेडेमी स्थापना गर्न माग गर्दछौँ ।

    ९. सबै खालका शैक्षिक संस्था, विभिन्न नियोग, दूतावास, विद्यालय लगायतका संस्थाहरुबाट प्रदान गरिदै आएको छात्रवृत्तिलाई एकीकृत गर्दै यसलाई पारदर्शिता सहित लक्षित विद्यार्थीको पहुँच स्थापित गर्न केन्द्रीय विद्यार्थी छात्रवृत्ति पोर्टल निर्माण गर्न माग गर्दछौं ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध
    सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस
    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री
    अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी
    महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • २.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

    • ५.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ६.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ७.
      अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

    • ८.
      महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.