काठमाडौँ । विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौँ उपत्यकामा बसर्याली गरेका छन् ।
संसदीय समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका विद्यालयहरुले बस ¥याली गरेका हुन् । भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने निजी विद्यालयहरुले तयारी गरेका छन् ।
यसैगरी ललितपुरका सबै विद्यालयका बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालयका बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने र चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालयका बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने तयारी गरीएको छ ।

