• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • रामेछाप । रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

    Advertisement

    पुरानो संरचना भत्काएर लथालिङ्ग पारिदिँदा रामेछाप र ओखलढुङ्गाको लिखु किनार हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो। अवस्था गम्भीर बनेपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, सडक आयोजना कार्यालय, निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाबीच बैठक बसेको हो। उक्त बैठकमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। यसअघि बुधबार सरोकारवालाले सो सडकको स्थलगत अनुगमन समेत गरेका थिए।

    अनुगमनका क्रममा तत्काल अन्य काम गर्न नसके पनि नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए। प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले समेत स्काभेटरलगायत मेसिन राखेर भए पनि सडक नियमित सञ्चालन गर्न आग्रह गरेका थिए ।

    अनुगमनपछि बसेको बैठकले सडक स्तरोन्नतीको प्रगति, हालको अवस्था र समस्या समाधानका उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। वर्षायाममा सडक हिलो भएर यात्रुवाहक बससहित अन्य सवारी साधन घण्टौँसम्म बाटोमै रोकिनुपर्ने, यातायात सञ्चालनमा कठिनाइ हुने र आसपासका बस्तीहरू जोखिममा पर्ने अवस्थाबारे बैठकमा सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराएका थिए।

    बैठकले सडक अवरुद्ध हुने स्थान तथा जोखिमपूर्ण भागमा तत्काल मर्मत कार्य गर्न योजना कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाबीच समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेको छ। यस्तै, स्तरोन्नती कार्यमा कुनै अवरोध हुन नदिने, शान्ति सुरक्षा सम्बन्धी विषयमा निर्माण कम्पनी र आयोजना व्यवस्थापनले सुरक्षा निकायसँग सहकार्य गर्ने र कार्यलाई गुणस्तरीय रूपमा अघि बढाउने निर्णय समेत बैठकमा भएको छ।

    निर्माण कम्पनीले तोकिएको मापदण्डअनुसार गुणस्तर कायम गरी २०७९÷८० मा स्वीकृत संशोधित समयसीमा अनुसार २०८३ असार ९ भित्र सडक स्तरोन्नती कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। ढिलाइका कारण हाल वर्षायाममा यात्रुवाहकसहितका सवारी साधन घण्टौँसम्म अलपत्र पर्नु परेको, जोखिमपूर्ण अवस्थामा यातायात सञ्चालन हुँदा जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको बैठकमा सरोकारवालाले बताएका थिए। यस्तो अवस्था दोहोरिन नदिन सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ।

    भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको हो। सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने शर्तमा सम्झौता गरिएको थियो। सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थपिएको छ।

    निर्माण कम्पनी टीसीआईएलका प्रतिनिधि डी.सी. शर्माले तत्काल यातायात सञ्चालनको समस्या समाधान गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने गरी कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.