• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव

काठमाडौँमै रोकिए रवि लामिछाने

उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ८. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • रामेछाप । रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

    Advertisement

    पुरानो संरचना भत्काएर लथालिङ्ग पारिदिँदा रामेछाप र ओखलढुङ्गाको लिखु किनार हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो। अवस्था गम्भीर बनेपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, सडक आयोजना कार्यालय, निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाबीच बैठक बसेको हो। उक्त बैठकमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। यसअघि बुधबार सरोकारवालाले सो सडकको स्थलगत अनुगमन समेत गरेका थिए।

    अनुगमनका क्रममा तत्काल अन्य काम गर्न नसके पनि नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए। प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले समेत स्काभेटरलगायत मेसिन राखेर भए पनि सडक नियमित सञ्चालन गर्न आग्रह गरेका थिए ।

    अनुगमनपछि बसेको बैठकले सडक स्तरोन्नतीको प्रगति, हालको अवस्था र समस्या समाधानका उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। वर्षायाममा सडक हिलो भएर यात्रुवाहक बससहित अन्य सवारी साधन घण्टौँसम्म बाटोमै रोकिनुपर्ने, यातायात सञ्चालनमा कठिनाइ हुने र आसपासका बस्तीहरू जोखिममा पर्ने अवस्थाबारे बैठकमा सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराएका थिए।

    बैठकले सडक अवरुद्ध हुने स्थान तथा जोखिमपूर्ण भागमा तत्काल मर्मत कार्य गर्न योजना कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाबीच समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेको छ। यस्तै, स्तरोन्नती कार्यमा कुनै अवरोध हुन नदिने, शान्ति सुरक्षा सम्बन्धी विषयमा निर्माण कम्पनी र आयोजना व्यवस्थापनले सुरक्षा निकायसँग सहकार्य गर्ने र कार्यलाई गुणस्तरीय रूपमा अघि बढाउने निर्णय समेत बैठकमा भएको छ।

    निर्माण कम्पनीले तोकिएको मापदण्डअनुसार गुणस्तर कायम गरी २०७९÷८० मा स्वीकृत संशोधित समयसीमा अनुसार २०८३ असार ९ भित्र सडक स्तरोन्नती कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। ढिलाइका कारण हाल वर्षायाममा यात्रुवाहकसहितका सवारी साधन घण्टौँसम्म अलपत्र पर्नु परेको, जोखिमपूर्ण अवस्थामा यातायात सञ्चालन हुँदा जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको बैठकमा सरोकारवालाले बताएका थिए। यस्तो अवस्था दोहोरिन नदिन सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ।

    भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको हो। सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने शर्तमा सम्झौता गरिएको थियो। सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थपिएको छ।

    निर्माण कम्पनी टीसीआईएलका प्रतिनिधि डी.सी. शर्माले तत्काल यातायात सञ्चालनको समस्या समाधान गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने गरी कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • २.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ३.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ४.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ५.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    • ६.
      उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

    • ७.
      रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव

    • ८.
      काठमाडौँमै रोकिए रवि लामिछाने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.