• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • काठमाडौं। कांग्रेस अहिले अचम्म माथि अचम्म परेको छ। कांग्रेसलाई ४४० भोल्टको झट्का लागेर रनथनिएको छ भन्दा फरक नपर्ला। रास्वपा र कांग्रेसबीच ठाकठुक चलिरहँदा अहिले कांग्रेसकै सम्माननीय स्वर्गीय नेताकी नातिनी तथा छोरीले रवि र रास्वपाको समर्थन गरेपछि कांग्रेसभित्र भूकम्प आएको छ।

    Advertisement

    सुप्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका हिरासतमा रहेका सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर गरेकी छन्। रास्वपाले असार ७ गते रविले अपिल जारी गरेपछि सुरु गरेको “राज्यद्वारा गरिएको अन्यायविरुद्ध” को हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन, पार्टी कार्यालय बनस्थलीमा बिहीबार आयोजित कार्यक्रममा कोइराला आफैं पुगेर हस्ताक्षर गरेकी हुन्।

    मनिषा कोइराला नेपाली अभिनेत्री हुन्, जसले भारतीय चलचित्रहरू विशेषतः हिन्दी र तमिल भाषामा अभिनय गर्छिन्। उनी राजनीतिक रूपमा प्रख्यात कोइराला परिवारमा जन्मिएकी हुन्। प्रकाश कोइरालाकी छोरी र बीपी कोइरालाकी नातिनी, मनिषा आफ्नो समयकी सबैभन्दा लोकप्रिय र सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीहरूमध्ये एक हुन्। उनले तीनवटा फिल्मफेयर अवार्ड, एक फिल्मफेयर साउथ अवार्ड र एक ओटीटी अवार्ड जितेकी छन्।

    अहिले नेपाल आएकी कोइरालाले रविको पक्षमा हस्ताक्षर गरेलगत्तै पत्रकारहरूले उनलाई घेरेका थिए। जन्मजात कांग्रेस पृष्ठभूमिबाट आएकी मनिषा कोइरालाले रास्वपाको समर्थन गर्नु राजनीतिक तहमा अप्रत्यासित विषय बन्न पुगेको छ। राजनैतिक विरासत बोकेको परिवारमा हुर्केकी कोइरालाजस्तो व्यक्तित्वबाट यस्तो कदम आउनु कांग्रेसमाथि प्रत्यक्ष राजनीतिक धावा सरह देखिएको विश्लेषण हुन थालेको छ।

    हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले भनिन्, “रविलाई राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ। उनलाई यसरी हिरासतमा सडाएर राख्नु सरकारको सड्यन्त्र हो।”
    उनले थपिन्, “म कुनै पार्टीमा आबद्ध छैन। आम नागरिकको हैसियतले राज्यद्वारा भइरहेका अन्यायविरुद्ध आवाज उठाउन आएको हुँ। त्यतिमात्र भन्नु छ।”

    पत्रकारले सोधेको “रवि लामिछानेलाई अन्याय भएको तपाईंको ठम्याइ हो?” भन्ने प्रश्नमा उनले छोटो जवाफ दिइन्, “डेफिनेट्ली भएको हो।”

    अन्ततः, मनिषा कोइरालाको यो कदमले कांग्रेसलाई आत्ताएको छ। यद्यपि उनी राजनीति बाहिर रहेकी अभिनेत्री हुन्, उनको जीवन सधैं राजनीतिक वातावरणकै वरिपरि घुमेको छ। कोइरालाले रास्वपालाई समर्थन गर्नु भनेको अहिलेको राजनीतिक सन्दर्भमा कांग्रेसमाथिको सिधा प्रहारसरह हो।


    बीपी कोइरालाकी नातिनी भएको नाताले पनि, यदि मनिषा भविष्यमा सक्रिय राजनीतिमा प्रवेश गर्छिन् भने उनी एक्लो नहुने अनुमान गर्न सकिन्छ। पहिले पनि राजनीतिक विषयमा विवादास्पद अभिव्यक्ति दिँदै आएकी मनिषाले अहिलेको संवेदनशील समयमा रास्वपालाई समर्थन गर्नु कांग्रेसलाई राजनीतिक रूपमा कालो र न निलो बनाइदिएको छ।

    यसरी नै रास्वपाले निरन्तर राजनीतिक सहानुभूति बटुल्दै गएका कारण र अन्य दलको लोकप्रियता घट्दो क्रममा रहेको सन्दर्भमा, आगामी २०८४ सालको निर्वाचनमा रास्वपाले बाजी मार्न सक्ने सम्भावना उच्च रहेको विज्ञहरू बताइरहेका छन्।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.