काठमाडौं। समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताएका छन् ।
उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ।