काठमाडौं। सर्वोच्च अदालतको इजलासले नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलको मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ ।
सर्वोच्चले गभर्नर पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
गभर्नर पौडेलको नियुक्ति गैरकानुनी दावी गरिएको मुद्दामा मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।