काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद दिएका थिएका हुन् ।
शर्मा बोलेर सक्ने बित्तिकै देउवाले उनलाई जवाफ फर्काउँदै भने, ‘मैले के गर्छु, मेरो आफ्नो कुरा हो । म अप्ठ्यारो मान्छे हो नि । कसैले भनेर गर्ने म होइन ।’ देउवाले त्यति भनिसकेपछि बैठकमा नेताहरूले हाँसोको फोहरा नै छुटाए ।
देउवाले पार्टीको विधानले पाँच वर्ष र संविधानको व्यवस्था अनुसार थप पाँच महिना अवधि दिएको समेत बताएका थिए ।