• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर संयमित र जिम्मेवार ढंगले बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्।

    Advertisement

    आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उपमेयर डंगोलले महानगरको बजेट प्रक्रिया जटिल मोडमा पुगेको बेला सहकार्य, सहमति र सहअस्तित्वको भावनामा आधारित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी हुन्।

    उनले भनेकी छन्, “हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन, सम्हालेर, आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ। डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्र बाँच्ने दुर्भाग्यको बाटो रोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।”

    संविधानअनुसार असार १० गतेभित्र महानगरको बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तसम्म पारित गर्नुपर्ने बाध्यता रहेको स्मरण गराउँदै उनले हालसम्म बजेट तर्जुमा समिति वा स्रोत अनुमान समिति जस्ता महत्त्वपूर्ण बैठकहरूसमेत बस्न नसकेकोप्रति चिन्ता व्यक्त गरेकी छन्।

    डंगोलले आफ्नो पदीय भूमिकाबारे स्पष्ट गर्दै भनिन्, “उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै मैले ‘सहकार्य, सहमति र सहअस्तित्व’ को सिद्धान्त आत्मसात गर्दै आएको छु। संविधान र कानूनले उपप्रमुखलाई तोकेको अधिकारको सीमाभित्र रही, महानगरवासीको हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएकी छु।”

    उनले अनौपचारिक रूपमा पनि बजेटसम्बन्धी विषयमा निरन्तर छलफल गर्दै आएको उल्लेख गर्दै थपेकी छन्, “मैले जनप्रतिनिधिहरूसँग बारम्बार संवाद गर्दै बजेट समयमै ल्याउन आग्रह गर्दै आएकी छु। आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ताज्यू र केही कार्यपालिका सदस्यहरूसँग अनौपचारिक छलफलमा बोर्ड बैठक तथा नगरसभा छिटो सम्पन्न गर्न आग्रह गरें, र उहाँहरूबाट सकारात्मक संकेत प्राप्त गरेकी छु।”

    जनप्रतिनिधिहरूमाथि बजेट अवरोधको जिम्मा नआओस् भन्ने उद्देश्यले उनले प्रमुख प्रशासकीय अधिकृत (CAO) को भूमिकाबारे समेत स्पष्ट धारणा राखेकी छन्। “यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिन्छन् भने उहाँलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा म अडिग छु,” भन्दै उनले स्पष्ट पारिन्, “तर हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै बैठक राख्ने विषय कानुनी रूपमा समस्या उत्पन्न गर्ने विषय हो।”

    उनले बैठकहरूमा प्रमुख प्रशासकीय अधिकृतलाई समावेश नगराई, जनप्रतिनिधिलाई प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु गंभीर प्राविधिक त्रुटि हुने धारणा पनि व्यक्त गरेकी छन्।

    अन्त्यमा, उपमेयर डंगोलले यस संवेदनशील मोडमा सबै जनप्रतिनिधिहरूलाई आवेग होइन, विवेकको मार्ग रोजी समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै राजधानीका नागरिकप्रति उत्तरदायी बन्न स्पष्ट सन्देश दिएकी छन्।

    उनको अपिलले महानगरको बजेट जटिलता समाधान गर्न अब कार्यपालिका, नगरसभा र प्रशासनबीच खुला संवाद अपरिहार्य भएको संकेत दिएको छ।

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
    निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली
    एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो
    एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
    ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)
    कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    • २.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • ३.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ४.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ५.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ६.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ७.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ८.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.