• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

चुनाव लड्ने सागर ढकालको तयारी रास्वपाले टिकट नदिए ‘हिस्स बुढी हरिया दाँत’


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • यतिबेला रुपन्देही–क्षेत्र नं ३ उपचुनावले देशमा राजनीतिक माहोल बनाएको छ। कतिपय राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरू सार्वजनिक गरिसकेका बेला, रास्वपाले रुपन्देहीमा को उठाउला भनेर आम जनतादेखि स्वयं राजनीतिक दलहरूको समेत अर्जुन दृष्टि अहिले रास्वपामै केन्द्रित भएको छ।

    Advertisement

    रास्वपा सभापति रवि लामिछाने समेत पुर्पक्षका लागि थुनामा रहेकाले,रुपन्देहीको उपनिर्वाचनमा रास्वपाले कसलाई उम्मेदवारी दिन्छ भन्ने आम चासो रहेको आकलन गर्न सकिन्छ। यही बेला भने, डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल उपचुनाव लड्न जुर्मुराएका छन्। रास्वपाको समर्थन लिएर उम्मेदवारी दिने उनले ताक पारेका छन्।

    बीबीसीको ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री देउवाको हप्की खाएर भाइरल भएका ढकाल २०७९ सालको आम निर्वाचनमा उनै देउवाविरुद्ध चुनाव नै लड्न डडेल्धुरा पुगेका थिए। चुनाव जित्न नसके पनि उनले नसोचेको भोट ल्याए। देउवाले २५,५३४ भोट ल्याएर चुनाव जित्दा ढकाल १३,०४२ मत ल्याएर दोस्रो भएका थिए।

    त्यतिबेलानै हारको नमिठो स्वाद पाएका ढकाल यतिबेला फेरि रुपन्देहीबाट चुनावी सिँगोउरी खेल्न सिङ तिखारी रहेको बुझ्न सकिन्छ। अहिले सागर ढकाल रुपन्देही क्षेत्र नं ३ बाट उपचुनाव लड्ने भनेर प्रचार गर्दै हिँडिरहेका छन्। सकेसम्म रास्वपाको समर्थन लिएर उम्मेदवारी दिने र त्यो सफल नभए स्वतन्त्र भए पनि चुनाव लड्ने भनेर कम्मर कसिरहेका ढकालका निकटस्थहरू बताउँछन्।

    हिजो मात्र पनि ढकालले आफ्नो फेसबुकमा लेखेको स्टाटसले पनि त्यस्तै संकेतको सुई त्यतै लागेको आकलन गर्न सकिन्छ। उनले “रुपन्देही क्षेत्र नं ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ” भनेर स्टाटस लेखेका थिए। उनले चितवन–२ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत उल्लेख गर्दै, “अब रुपन्देही–३ मा करिब ९०,००० मत छन्, त्यसमा तपाईं–हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। कांग्रेस–एमाले–माओवादी एउटै हुन्, यिनको राणा शासनको अन्त्य ०८४ मा गर्नको लागि सुरुआत यहाँबाट गर्नुपर्छ।” भनेर लेखेका थिए।

    उनले यो स्टाटसमा चुनाव लड्ने भनेर सिधा घोषणा नगरे पनि स्पष्ट संकेत भने दिएका छन्। स्टाटसबाट उनी रवि, बालेनदेखि कुलमानका समर्थकसम्मलाई रिझाउने प्रयासमा रहेको बुझ्न सकिन्छ। बुझिए अनुसार, रास्वपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिने र बालेन–कुलमानको नाम लिएर चुनाव जित्ने उनको रणनीति हो। तर, उनलाई रास्वपाले समर्थन गर्ने स्थिति अहिलेसम्म देखिएको छैन। साथै, रास्वपा स्रोतले ढकाललाई “बकवास प्रचार गर्दै हिँड्नु भएको” र “रास्वपाले ढकाललाई चुनाव उठाउने विषयमा कुनै छलफल नभएको” बताएको छ।

    पार्टीले चुनावमा उम्मेदवारको खोजी भने गरिरहेको छ। अघिल्लो चुनावमा यस क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ दोस्रो सर्वाधिक मत ल्याएको थियो। त्यसैले यसपटक भारी मतले चुनाव जित्ने गरी “कफन बाँधेर” होमिने रास्वपाको तयारी छ। सभापति रवि लामिछाने स्वयंले पार्टी पंक्तिलाई यो चुनाव जितेरै देखाउनुपर्ने सन्देश पठाइरहेको रास्वपा निकटस्थहरू दाबी गर्छन्। पार्टीले सकेसम्म स्थानीय र लोकप्रिय व्यक्तिको खोजी गरिरहेको बुझिएको छ।

    तर,अहिलेसम्म कसैको नाम पनि चर्चामा नल्याइएकोले, रास्वपा निकटस्थ नेताहरूका अनुसार उम्मेदवारी घोषणा ठूलै ‘सरप्राइज’ हुन सक्ने दाबी छ। रवि लामिछानेलाई जेल हालेपछि उनीप्रति जनसहानुभूति बढेको हुँदा पार्टीको भोट उल्लेखनीय रूपमा बढ्न सक्ने अनुमान स्वतन्त्र विश्लेषकहरूको तर्क छ। तर,रास्वपाले कसलाई उठाउनेछ भन्ने जनमानसको चासोको विषय बन्दै गएको छ।

    रुपन्देही क्षेत्र नं ३ का जनता तथा समग्र नेपालको जनमानसको चासोको विषय अहिले यही उपनिर्वाचन बनेको छ। तर सागर ढकाल भने रास्वपाका नेताहरूसँग सामीप्यता बढाउने नकाम कोसिसमा रहेको बुझ्न सकिन्छ। उनको चुनाव प्रतिको हुटहुटीले चुनाव लड्ने छाँटकाँट पक्का देखिन्छ, तर रास्वपाको आन्तरिक रणनीति भने सागर ढकाललाई “हिस्स बुढी हरिया दाँत” बनाउने जस्तो रहेको विज्ञहरू बताउँछन्।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.