काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको बैठकस्थलम शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले बैठक जारी छ ।
कांग्रेसको बैठक जारी भएपनि मन्त्री पन्त अर्कोपट्टी बसिरहेका छन् । शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो पारित गर्नुपर्ने थियो । तर, समितिमै विधेयकमा सहमति नजुटेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।
शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएपछि दबाब बढेको छ । त्यसैले कांग्रेस नेताहरुसँग संवादको लागि अहिले सानेपा पुगेको बताइन्छ ।