• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ९. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • तिनकुने घटनापछि हराएका भनिएका रविन्द्र मिश्र रविको पक्षमा खुलेरै लागेका छन्। तिनकुने घटनामा कमाण्डर दुर्गा प्रसाईसँग मिलेर राजा फर्काउने अभियानमा ताण्डव मच्चाई प्रसाईसँगै जेल परेका मिश्र जिम्मा–जमानीमा छुटेपछि एकाएक हराएजस्तै भए र चर्चाको विषय बने । त्यसपछि,आफ्ना वकिलहरूलाई ५०/५० हजार जरिवाना तिराएर पुनः आफैं अदालतमा उपस्थित भई ३ लाख धरौटीमा छुटेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अहिले फेरि चर्चामा आएका छन्।

    Advertisement

    रवि लामिछानेले कारागारबाट असार ७ मा जारी गरेका केही महत्वपूर्ण बुँदाहरूलाई मिश्रले उद्धृत गर्दै तिनलाई राजावादी एजेन्डासँग मिल्दोजुल्दो रहेको इशारा गरेका छन्। ‘रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा धेरैले ध्यान नपुगेका चार महत्वपूर्ण बुँदाहरू’ भन्दै उनले रविको पत्रमा गरिएको ‘गत ३६ वर्षको कटु आलोचना’ सन् २०४६ सालपछिको नेपालको अवस्थालाई इंगित गरेको दाबी गरेका छन्।

    उनले,दोस्रो बुँदामा नेपालको निर्वाचन प्रणालीमाथि गरिएको आलोचनालाई उदाहरण दिँदै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ को कुरा गरिएको बताउँदै रविले ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भनेका होइनन् भनेर स्पष्टिकरण दिएका छन्।

    त्यस्तै, रविको ‘प्रदेशसभा खारेजी’ सम्बन्धी अभिव्यक्तिलाई उनले नेपालको वर्तमान सन्दर्भमा ‘संघीयता खारेजी हो भनेर बुझ्नुपर्छ’ भन्ने धारणा व्यक्त गरेका छन्। त्यसैगरी, ‘संविधान संशोधन होइन, पुनर्लेखन हुनुपर्छ’ भन्ने रविको अभिव्यक्तिलाई उनले अर्थपूर्ण र गहन ठहर गरेका छन्। उनले अन्त्यमा यी सबै बुँदाहरूको विश्लेषण पाठकमै छाडेको उल्लेख गरेका छन्।

    मिश्रको यस किसिमको अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको छ। उनले रवि लामिछानेलाई कानूनी प्रक्रियामा अनावश्यक पीडा दिइएको र राज्य प्रतिशोधपूर्ण भएको कुरा पहिलेदेखि नै भन्दै आएको प्रस्ट पारेका छन्।

    यसै सन्दर्भमा रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहोराले रविको उक्त स्टाटस सेयर गरेका छन्। उनले मिश्रका कुनै पनि टिप्पणीलाई खण्डन गर्ने प्रयास नगरेको प्रस्ट देखिन्छ। बरु, बोहोराले लेखेका छन्,’रविन्द्र दाइ, राजनीतिक मुद्दामा छलफल, बहस हुँदै जान्छ। जनस्तरले पनि अझै खुला छलफल गरुन्। छलफल, बहसले ढिलो–चाँडो निष्कर्षमा पुर्याउन मद्दत गर्छ। अभियानप्रतिको ऐक्यवद्धताका लागि आभारी छौं।’ भन्दै धन्यवाद समेत दिएका छन्।

    तर, रास्वपाकै केन्द्रीय सदस्य गणेश कार्की भने मिश्रको स्टाटसमै गएर— ‘तपाईंको मार्ग परिवर्तनले नै वैकल्पिक आन्दोलनले निकै दुःख पायो। तपाईं हुँदाहुँदै अब तपाईंलाई नै बिर्सेर अर्को रविन्द्र मिश्र बन्ला र सर?’ भन्ने कटाक्षपूर्ण टिप्पणी गरेका छन्।


    रविन्द्र मिश्रको यस स्टाटसले तहल्का पिटिरहेका बेला राप्रपाले रास्वपाको समर्थन गरेजस्तो गरेर सहानुभूति बटुल्ने प्रयास गरिरहेको त होइन भन्ने चर्चा राजनीतिक विश्लेषकहरूबीच चल्न थालेको छ। त्यस्तै, राप्रपाले रास्वपालाई फकाउन खोजेको र सक्रिय रास्वपाको सहानुभूतिमा ८४ नम्बर क्षेत्रबाट भारी मत ल्याउने रणनीति बनाइरहेको अड्कल पनि गर्न थालिएको छ।

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.