• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, कार्तिक १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

लोकप्रिय समाचार

  • १. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • २. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ५. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ६. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ७. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ८. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ९. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • १०. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालेर सडकमा पठाएपनि पार्टी सडकमै संसद चलाउन तयार रहेको बताएका छन् ।

    Advertisement

    संसद अवरोधलाई लिएर आफ्नो दललाई संसदबाट निकालेर सडकमा पठाएपनि सडकमै संसद चलाउने तर जनताका मुद्दा छाडेर सम्झौता नगर्ने बताए ।
    रुपन्देही क्षेत्र नं. ३ को शुद्धोधनमा पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले अहिले रास्वपाका १९ जना सांसद नै सत्ता पक्षलाई भारी भएको दाबी गरे। गत आम चुनावमा रवि लामिछानेले ४–५ महिनाकै तयारीमा १२ लाख भोट र २१ जनालाई सांसद जिताएपछि पुराना दलहरू आत्तिएको बताएका छन् ।

    रवि र रास्वपाको लोकप्रियताबाट तर्सेर सरकारले रविमाथि सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको उनको आरोप छ । उनले न्यायालयले अन्तिममा न्याय दिने विश्वास रहेपनि पार्टीलाई बलियो बनाउने अभियान छाड्न नहुने बताए । सभापति लामिछानेलाई जेलमा दुःख दिएर राखेको कुरा जनताले राम्रोसँग बुझिसकेको वाग्लेले जिकिर गरे ।

    ‘रविमाथि प्रतिशोधमाथि प्रतिशोध साँधेको छ, उस्तै उस्तै केसमा अरूलाई प्रहरीमा बोलाएर चिया खुवाएर पठाउने, १८ करोडको आरोप लागेका पूर्व प्रधानमन्त्रीलाई एक घण्टामै सफाई दिएर ३५ लाख बुझाएर जाऊ भनेर पठाइदिने तर रविलाई चाहिँ ४–५ वटा जिल्लामा हरेक जिल्लामा ३–३ वटा मुद्दा, २–२ वटा अदालत सर्वोच्च गरेर ४०–४५ वटा उल्झन् अवरोध खडा गरिएको छ’, वाग्लेले भने । उनले थपे, ‘यद्यपि नेपालको न्यायालयप्रति अन्तिम आशा र भरोशा हामीलाई छ,अन्ततः उहाँले सफाइ पाउनुहुन्छ भन्नेमा विश्वस्त छौं ।’

    वाग्लेले करोडौं धरौटी लिएपछि बाहिर बसेर पनि मुद्दा लड्न दिनुपर्नेमा सरकार पहिल्यै त्रसित भएर रविलाई थुनामा राखेर दुःख दिएको बताए । ‘टिनको छानामुनि भैरहवाको ४२ डिग्री गर्मीमा पिल्साएर दुःख दिएको छ, उहाँलाई एक घण्टा भेटेँ तर उहाँ उच्च मनोबलमा हुनुहुन्छ’, वाग्लेले भने, ‘सरकारले दिएको दुःख देखेर रविप्रति सहानुभूतिको लहर थामिनसक्नुछ, हामी बलियो नभई उनीहरू गल्नेवाला छैनन् ।’

    रविमाथि षड्यन्त्र गर्नेहरू आफैं ३५ वर्षदेखि सरकारमा रहेर रजगज गर्ने बदनाम पात्रहरू रहेको उल्लेख गर्दै वाग्लेले यो सबै कुरा जनताले बुझिसकेको बताए । माओवादीप्रति इंगित गर्दै वाग्लेले कोही कोही दलहरू बहादुरीपूर्वक आत्मसमर्पण गरेको आरोप लगाए । वाग्लेले रुपन्देही-३ मा हुने उपचुनाव जित्ने गरी पार्टीले उपयुक्त उम्मेदवार चयन गर्ने बताए । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा देशव्यापी रविको पक्षमा चलाइएको हस्ताक्षर अभियान मिसन २०८४ को एउटा पाटो भएको वाग्लेले बताए ।

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • २.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ६.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    भर्खरै

    • १.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • २.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ७.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ८.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.