• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

एमालेमाथी चार शक्तिले हमला गरिरहेको महासचिव पोखरेलको दाबी


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन्। एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाँउदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उनले बताए ।

    Advertisement

    एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई बिहीबार टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । पोखरेलले एमालेलाई राजावादी,कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिले हमला गरिरहेको बताए ।

    ‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत् एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’, पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन् ।’

    एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरुद्ध खनिएको उनले बताए । ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमालेविरुद्ध खनिएका छन् । राजावादीको गालीबाट हामी बिचलित हुनु हुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नु पर्छ हामी सही ठाउँमा छौँ ।’

    एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलले बताए । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्यूनिष्ट पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको उनले बताए।

    ‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्यूनिष्टधारीहरू साइबर हमला गर्न आएका छन्’ पोखरेलले भने ‘तिनीहरू विदेशीका भरिया हुन् । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घटेकाले तिनीहरू एमालेविरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ । ’

    महासचिव पोखरेलले एमालेमाथि हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साहहरू भएको बताए । ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्’ पोखरेलले भने, ‘किनभन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’

    अराजकतावादीले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उनले बताए । नेपाली संस्कृति, सामाजिकता,सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने उनले स्पष्ट पारे।

    एमालेको खोइरो खन्ने बाह्य शक्ति भएको उनको भनाइ छ । एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ थुप्रैमा रहेकोले त्यसको निसाना पार्टी र यसका नेतृत्व भएको उनले बताए ।

    ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वभाविमान प्रदर्शन एमालेले गर्यो । मुलुकमा स्थायित्वको खोजी गर्यो ’ पोखरेलले भने ‘ एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउँथे । त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव
    काठमाडौँमै रोकिए रवि लामिछाने
    उपमहासचिवको प्रारम्भिक मत : लेखराजलाई धेरै भोट, दोस्रोमा योगेश
    भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • २.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ३.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    • ४.
      चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

    • ५.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • ६.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ७.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ८.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.