काठमाडौं। टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बस्नेतलाई भक्तपुरबाट पक्राउ गरेर विद्यतुीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो । उनले टिकटकमार्फत साइबर अपराध गरेको दाबी प्रहरीको थियो ।