काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो ।
लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए । उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।
लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।