• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ९. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • १०. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

अमेरिकाले इरानमाथि आक्रमण गरेर विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको माओवादीको निष्कर्ष


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेको बताए ।

    Advertisement

    माओवादी केन्द्र सहितका वामपन्थी दल र नागरिक समाजसँग सम्बन्धित संस्थाले संयुक्त वक्तव्य निकालेका छन् । जसमा उनीहरूले ‘अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको र यो गम्भीर युद्ध अपराध’ भएको बताएका छन् । इरानमाथि अमेरिकी आक्रमणको घोर निन्दा एवं भर्त्सना गर्दै वामपन्थी दलहरूले त्यसलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भनेका हुन् ।

    ‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ’ संयुक्त वक्तव्यमा उल्लेख छ ।
    गत वर्ष इजरायलीले प्यालेस्टाइनमाथि आक्रमण गर्दा समेत उनीहरूले ‘प्यालेस्टाइनको गाजालगायत क्षेत्रहरूमा नरसंहार मच्चाएको’ भनेर विरोध गरेका थिए । त्यसबेला उनीहरूले प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेपका विरुद्ध अभियान नै सञ्चालन गरेका थिए । जस अन्तर्गत प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरिएको थियो ।

    उक्त घटना सेलाउन नपाउँदै अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको उनीहरूको ठहर छ । यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन भएको बताएका छन् ।

    संयुक्त वक्तव्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम पवनमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    नेकपा (मसाल) का महामन्त्री, मोहनविक्रम सिंह, राजनीतिक संवाद थालनीका संयोजक सङ्गीत श्रोता, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल महासचिव, आहुती, नेकपा बहुमतका कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी र वाम बुद्धिवीवी निनु चापागाईंले पनि हस्ताक्षर गरेका छन् ।

    संयुक्त वक्तव्यमार्फत अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न अपिल गरिएको छ । विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरूको समाधान खोजिनुपर्ने मत प्रकट गरिएको छ ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.