काठमाडौं। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिएपनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् । बालुवाटारमा उनीहरूबीच छलफल जारी छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल चलिरहेको जनाइएको छ ।