• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, कार्तिक १८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

लोकप्रिय समाचार

  • १. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ४. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ५. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ६. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ७. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ८. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ९. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • १०. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सातै प्रदेशको आज बजेट सार्वजनिक गरिँदै


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं। सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै छ। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

    Advertisement

    गत वर्षहरुमा बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन्। प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन्। कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।

    कोशी प्रदेशभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा हार्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नुहुनेछ। कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।

    मधेश प्रदेश सरकारले कृषि क्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ। सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताएको छ। बजेट प्रस्तुतिका लागि दिउँसो ४ बजे बैठक आह्वान भएको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ।

    यस्तै बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ। बागमती प्रदेशले गत वर्ष सबै प्रदेशको भन्दा ठूलो ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए।

    गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ। त्यसैगरी लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ।

    चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन्।

    कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने बताएको छ। बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभामा पेश हुने प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताएका छन्।

    यता सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ। निर्वाचन क्षेत्र केन्द्रित गरी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड बजेट छुट्याउने तयारी छ।

    आज साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
    कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा
    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    Facebook Page

    लोकप्रिय

    • १.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ६.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    भर्खरै

    • १.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • २.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ३.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ४.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • ५.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ६.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ७.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ८.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.