काठमाडौं। भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन् । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका थिए ।
सोही अनुसार नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।
सो छलफलमा लिखित प्रतिबद्धता जाहेर गर्ने कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले बताएको स्रोतले जानकारी दिएको छ। प्र