काठमाडौं। प्रेस चौतारी नेपालले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जीप्रति आपत्ति जनाएको छ। महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन्।
उनले प्रकाशित वा प्रसारित सामग्रीप्रतिको असन्तुष्टि वा विवाद निरुपण मूल्यांकन गर्ने संवैधानिक तथा कानूनी अधिकार प्रेस काउन्सिल नेपालमा रहेको उल्लेख गरेका छन्।
‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौं । सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ ।
त्यस्तै,साइबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउनेछ’, चौतारीले विश्वास जनाएको छ ।