काठमाडौं। पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले समाचार प्रकाशनको विषयलाई लिएर दिएको उजुरीको आधारमा अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानल ‘टफ टक एक्सप्लेनर’ मार्फत सामग्री प्रसारण गरेका थिए । सो सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो ।
प्रहरीले पक्राउ पुर्जी लिए लगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।