काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बुधवार बस्ने भएको हो । बुधवार बस्ने यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
बुधवार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८१ औँ बैठक बिहानको ११ः३० बस्दैछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने छ ।