• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • भारतले ‘पहलगाम हमला’को बदलामा पाकिस्तानमाथि सुरु गरेको ‘अपरेशन सिन्दूर’ पछिल्लो समय भारत–पाकिस्तान सम्बन्धमा पुनः एकपटक तनावको उच्च बिन्दुमा पुर्‍याउने कारकतत्व बनेको छ। यस अपरेशन अन्तर्गत भारतीय सेनाले पाकिस्तानमा २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबीपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान दक्षिण एशियातर्फ तानिएको छ।

    Advertisement

    “यो घटनाले दुई आणविक शक्तिहरूबीचको शक्ति-सन्तुलनबारेको बहसलाई पुनः जाज्वल्यमान बनाइदिएको छ। भारत र पाकिस्तानबीचको तनावले सिंगो दक्षिण एशियालाई अनिश्चितता र अस्थिरताको भुमरीमा तानेको छ । अपरेशन सिन्दूरपछिको सैन्य प्रहार र त्यसको सम्भावित प्रतिक्रियाले यो युद्घ कहिलेसम्म जारी रहला र कुन पक्ष बलियो प्रमाणित होला भन्ने चासो विश्वभर फैलिएको छ।

    अहिलेको बहस केवल शक्तिको होडमा सीमित छैन, यो बहस हो दुई आणविक राष्ट्रबीचको संभाव्य भिडन्तले समग्र मानव,अर्थतन्त्र र भूराजनीतिमा पार्ने गहिरो प्रभाव पार्न सक्छ । सर्वत्र उठिरहेको छ यसको मूल्य कति क-कसले चुकाउनु पर्नेछ?”

    ग्लोबल फायर पावर २०२५ अनुसार भारत संसारको चौथो शक्तिशाली सैन्य राष्ट्र हो भने पाकिस्तान १२औँ स्थानमा रहेको तथ्यांकले देखाउँछ। भारतले आफ्नो क्षेत्रीय प्रभुत्वका लागि सैनिक क्षमताको बिस्तार र आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राखेको छ। भारतसँग लगभग २२ लाख सक्रिय सैनिक छन् भने पाकिस्तानसँग झन्डै १३ लाख ११ हजार सक्रिय सैनिक रहेका छन्।

    ट्याङ्कको सन्दर्भमा,भारतसँग ४,२०१ ट्याङ्क छन् भने पाकिस्तानसँग २,६२७ रहेको दावी गरिएको छ। यस्तै भारतसँग बख्तरबन्द सवारी झन्डै एक लाख पाँच हजार रहेको छ। पाकिस्तानसँग यो संख्या उल्लेखनीय रूपमा कम छ, तैपनि स्थल युद्धमा पाकिस्तान भारतभन्दा कम छैन। पाकिस्तानले सेल्फ प्रोपेल्ड र मल्टी ब्यारल रकेट आर्टिलरीलाई विकसित बनाएको देखिन्छ, जसले युद्धमा पाकिस्तानलाई भारतसँग तुलनात्मक रूपमा प्रतिस्पर्धी बनाएको छ।

    वायुसेनाको कुरा गर्दा,भारतको वायुसेना ५१३ लडाकु विमानसहित कुल २,२२९ विमान छन् भने पाकिस्तानसँग ३२८ लडाकु विमानसहित कुल १,३९९ विमान छन्। संख्यात्मक दृष्टिले भारतको अग्रता स्पष्ट छ। भारतसँग ८९९ हेलिकप्टर छन्, जसमा ८० हमलाकारी हेलिकप्टर छन् भने पाकिस्तानसँग जम्मा ५७ हमलाकारी हेलिकप्टर छन्।

    ड्रोन युद्धको सन्दर्भमा भारत अगाडि देखिन्छ। भारतले अमेरिकासँग ३१ वटा प्रिडेटर ड्रोन खरिद गरेको छ, जसले युद्धलाई अझ खतरनाक बनाउन सक्ने आँकलन गर्न सकिन्छ। पाकिस्तानले पनि टर्की र चीनबाट आधुनिक ड्रोन लिएको छ र आफ्नै ‘बराक’ तथा ‘शाहपर’ ड्रोन विकास गरेको छ। यद्यपि, भारत प्रविधिमा अग्र स्थानमा रहेको छ।

    हिन्द महासागर क्षेत्रमा भारतीय नौसेनासँग दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट, १८ पनडुब्बी र कुल २९३ जहाज छन्। पाकिस्तानसँग भने ९ फ्रिगेट, ८ पनडुब्बी र ६९ गस्ती जहाज छन्। यसले भारतको समुद्री सैन्य शक्ति स्पष्ट रूपमा प्रबल रहेको देखाउँछ। भारतको नौसेनालाई अझ सुदृढ बनाउने कार्य ‘मेक इन इन्डिया’ अभियानमार्फत जारि छ, जसले हिन्द महासागर क्षेत्रको प्रमुख शक्ति भारतलाई बनाइरहेको छ।

    रणनीतिक रुपमा भारतले सन् २०२५ सम्ममा आफ्ना सबै सैन्य शाखाहरूलाई एकीकृत आदेश प्रणालीमा लैजाने रणनीति लिएको छ। डिजिटल युद्ध प्रणाली, कृत्रिम बुद्धिमत्ता, साइबर युद्व तयारी र अन्तरिक्ष सुरक्षा प्रणालीमा भारतले उल्लेखनीय लगानी गरिरहेको छ। पाकिस्तानले पनि यस प्रतिस्पर्धामा भाग लिँदै साइबर सुरक्षा, ड्रोन्स, इलेक्टोनिक वारफेयर र चिनियाँ प्रविधिको प्रयोगमार्फत प्रतिरोधको तयारी गरिरहेको छ।

    भूराजनीतिक हिसाबले भारतलाई अमेरिका, इजरायल, फ्रान्स, जापानजस्ता राष्ट्रहरूको सहयोग प्राप्त छ भने पाकिस्तान चीन, टर्की र केही मुस्लिम राष्ट्रहरूको समर्थनमा रहेको देखिन्छ। यद्यपि, युद्धका बेला सहयोग कसरी र कहाँ पुग्ने भन्ने कुरा परिस्थितिमा भर पर्ने देखिन्छ।

    ऐतिहासिक पृष्ठभूमिमा हेर्दा, भारत–पाकिस्तान सम्बन्ध सन् १९४७ को विभाजनदेखि नै तनावपूर्ण रहँदै आएको छ। कश्मीर मुद्दालाई लिएर भएको तीन युद्ध र सर्जिकल स्ट्राइकदेखि पुलवामा हमलासम्मका घटनाले यी दुई देशहरूबीचको द्वन्द्वको गहिराइ दर्शाउँछ। पछिल्लो हमला र यसको प्रतिक्रियाले यी देशहरू युद्धको डिलमा उभिएको स्पष्ट देखिन्छ।

    आणविक हतियारको सन्दर्भमा भारतसँग करिब १६० आणविक वारहेड छन् भने पाकिस्तानसँग पनि करिब १७० वटासम्म रहेको अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। दुबै देशहरू आणविक रणनीति र सेक्युरिटी डक्ट्रिनमा ‘नो फर्स्ट युज’ नीतिमा आधारित छन्, तर युद्ध अवस्था आउँदा यो नीति व्यवहारिक रहन्छ कि रहँदैन भन्ने गम्भीर चिन्ता रहेको छ।

    वारावरण,अर्थतन्त्र,र क्षेत्रीय स्थायित्वका लागि आणविक युद्ध विनाशकारी मात्र होइन, समग्र दक्षिण एशियाको भविष्यलाई अन्धकारतर्फ धकेल्ने खतरा समेत हो। विश्लेषकहरू भन्छन्, यस्तो युद्धको प्रभाव केवल भारत–पाकिस्तानमा सीमित नहुने, सम्पूर्ण विश्वमा यसको छायाँ पर्नेछ।

    यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरू आवश्यक देखिन्छ। संयुक्त राष्ट्रसंघ, अमेरिकी नेतृत्व, युरोपेली संघ लगायतका शक्तिहरूले दुवै देशलाई संयम अपनाउन र वार्तामा फर्कन जोड दिइरहेका छन्। दक्षिण एशियाको शान्ति मात्र द्वन्द्व टारेर सम्भव छैन, दिगो संवाद, कूटनीति र क्षेत्रीय सहयोग आवश्यक शर्त हुन्।

    सरसर्ती समग्रमा हेर्दा सैन्य जनशक्ति, हतियार संख्या, वायुसेना, नौसेना तथा प्रविधिगत क्षमताहरूको तुलनात्मक विश्लेषण गर्दा भारत स्पष्ट रूपमा पाकिस्तानभन्दा अगाडि देखिन्छ तर पाकिस्तानले चीन र टर्की जस्ता मुलुकहरूसँगको सहकार्य, ड्रोन्स र विशेष प्रकारका आर्टिलरीमार्फत आफ्नो क्षमतामा सन्तुलन कायम गर्ने प्रयास गरिरहेको देखिन्छ। निष्कर्षमा युद्ध जित्ने सम्भाव्यता भारततर्फ झुकेको देखिए पनि, आणविक शक्ति भएको दुबै देशबीच युद्धले गम्भीर मानवीय, आर्थिक र भू–राजनीतिक संकट निम्त्याउने भएकाले यसको अन्त्य संवाद, कूटनीति र अन्तर्राष्ट्रिय दबाबमार्फत समन्वय गर्नु नै हितकर हुने विश्लेषकहरू बताउँछन् ।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग
    रुसले गर्यो युक्रेनको किभमा अहिलेसम्मकै ठूलो आक्रमण
    अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र
    भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद
    ट्रम्पले दिए इरानलाई धम्की वार्तामा नआए अर्को हप्तादेखि इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने
    इरानले अमेरिकाको आक्रमणपछि खाडी राष्ट्रहरूलाई दियो यस्तो चेतावनी

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.