काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार गरिदैछ ।
अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ । नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।