• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

आरआर स्ववियु सर्वसम्मति अवैधानिक ,नेविसंघको आपत्ति, सभापति उम्मेदवार सर्वोच्च जाने

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यायको आंगिक क्याम्पसमध्ये मानविकी अध्यापन हुने सबैभन्दा ठूलो आर आर क्याम्पस स्ववियु निर्वाचन निर्विरोध सम्पन्न गरिएकोमा नेविसंघका सभापति उम्मेदवारले विमति जनाएका छन् ।

    Advertisement

    चैत ५ गते निर्धारित स्ववियु निर्वाचन विद्यार्थी संगठनहरुको विवादका कारण पटकपटक स्थगित भएको थियो । अदालतको आदेशपछि निर्वाचन सम्पन्न गर्नैपर्ने दबाब भएपछि क्याम्पसमा दर्ता भएका संगठनहरुको सहमतिमा निर्विरोध स्ववियु घोषणा गरिएको थियो ।

    आरआर क्याम्पसको इतिहासमै पहिलोपटक भएको निर्विरोध निर्वाचन प्रक्रियाबाट अनेरास्वयुका लोकेश खड्का अध्यक्ष,अखिल क्रान्तिकारीका संगम लामा उपाध्यक्ष र नेविसंघका शैलेन्द्र उपाध्याय सचिव निर्वाचित भएका छन् ।

    अन्य पद र सदस्य पनि सबै संगठनले निर्विरोध घोषणा गरेकोमा नेविसंघका अध्यक्ष उम्मेदवार विनोदराज जोशीले असहमति जनाएका हुन् । उनले स्ववियुमा सर्वसम्मति हुने हो भने मनोनयन फिर्ता लिने बेलामै हुनुपर्ने भन्दै अहिले भनिएको सर्वसम्मति अवैधानिक रहेको बताए ।

    जोशीले यो सर्वसम्मत घोषणाको विरुद्ध सर्बोच्च अदालतमा जाने बताए । नेविसंघका नाममा सहमतिमा हस्ताक्षर गर्नेहरुमाथि कारवाही प्रक्रिया थालेको उनले बताए । नेविसंघ केन्द्रीय समितिले आरआर क्याम्पसमा नेविसंघको कुनै समिति नरहेको जानकारी गराउँदै यसअघिको समिति भंग गरेको छ ।

    आरआर क्याम्पसमा २०७३ सालदेखि विद्यार्थी संगठनको विवादकै कारण निर्वाचन हुन सकेको थिएन । इतिहासदेखि सधैं अनेरास्ववियुले जित्दै आएको यो क्याम्पसमा यसपटक कुनै पनि संगठन जितप्रति विश्वस्त थिएनन् ।अखिल क्रान्तिकारी र नेविसंघका नेताहरुले चुनाव हुँदा एउटा सदस्य पनि जित्न सकिने अवस्था नरहेको भन्दै अनेरास्ववियुसँग मिलेर पदाधिकारीसहित सदस्य हात पार्न सहमति गरे । तर नेविसंघबाट सभापति उम्मेदवार बनेका जोशीलाई यो प्रक्रियामा बाइपास गरियो ।

    अखिल क्रान्तिकारीका सभापति उम्मेदवार संगम लामा उपसभापति बन्न तयार भ तर नेविसंघका सभापति उम्मेदवार जोशीका प्रस्तावक जितेन्द्र तिमल्सिनाले शैलेन्द्र उपाध्यायलाई सचिव बनाए । यसमा नेविसंघका आरआरका नेताहरु अशोकसिंह विष्ट,अनुराग शाहलगायत संलग्न रहेका थिए ।

    जोशी नेविसंघ अध्यक्ष दुजाङ शेर्पानिकट हुन् । हुन त जितेन्द्र,,अनुराग,अशोकसिंहहरु पनि संस्थापनकै हुन् । तर जोशीलाई उनीहरुले शुरुदेखि नै उम्मेदवार बनाउन चाहेका थिएनन् । यहि मेसोमा अखिलसँग मिलेर ठेगान लगाउन सफल भए ।

    अशोक सिंह विष्ट गृहमन्त्री रमेश लेखकनिकट हुन् भने अनुराग प्रकाशशरण महतनिकट हुन् । निर्विरोध प्रक्रियामा सहभागी हुने र पदाधिकारी तथा सदस्य बस्नेहरुलाई अध्यक्ष दुजाङ शेर्पाले स्पष्टिकरण सोधेका छन् । निर्विरोध घोषित पदाधिकारी र सदस्यहरुलाई राजीनामा गर्न दबाब दिएपछि उनीहरु लुकीलुकी हिँडेका छन् ।

    निर्वाचन समिति संयोजक महेश भट्टराई र यसअघि सबै संगठनका उम्मेदवारका प्रस्तावकहरुले प्रक्रिया मिलाएर हस्ताक्षर गरी सर्वसम्मत घोषणा गरेकाले निर्वाचन रद्द हुने सम्भावना भने नदेखिएको बताइन्छ ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.