• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

आरआर स्ववियु सर्वसम्मति अवैधानिक ,नेविसंघको आपत्ति, सभापति उम्मेदवार सर्वोच्च जाने


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यायको आंगिक क्याम्पसमध्ये मानविकी अध्यापन हुने सबैभन्दा ठूलो आर आर क्याम्पस स्ववियु निर्वाचन निर्विरोध सम्पन्न गरिएकोमा नेविसंघका सभापति उम्मेदवारले विमति जनाएका छन् ।

    Advertisement

    चैत ५ गते निर्धारित स्ववियु निर्वाचन विद्यार्थी संगठनहरुको विवादका कारण पटकपटक स्थगित भएको थियो । अदालतको आदेशपछि निर्वाचन सम्पन्न गर्नैपर्ने दबाब भएपछि क्याम्पसमा दर्ता भएका संगठनहरुको सहमतिमा निर्विरोध स्ववियु घोषणा गरिएको थियो ।

    आरआर क्याम्पसको इतिहासमै पहिलोपटक भएको निर्विरोध निर्वाचन प्रक्रियाबाट अनेरास्वयुका लोकेश खड्का अध्यक्ष,अखिल क्रान्तिकारीका संगम लामा उपाध्यक्ष र नेविसंघका शैलेन्द्र उपाध्याय सचिव निर्वाचित भएका छन् ।

    अन्य पद र सदस्य पनि सबै संगठनले निर्विरोध घोषणा गरेकोमा नेविसंघका अध्यक्ष उम्मेदवार विनोदराज जोशीले असहमति जनाएका हुन् । उनले स्ववियुमा सर्वसम्मति हुने हो भने मनोनयन फिर्ता लिने बेलामै हुनुपर्ने भन्दै अहिले भनिएको सर्वसम्मति अवैधानिक रहेको बताए ।

    जोशीले यो सर्वसम्मत घोषणाको विरुद्ध सर्बोच्च अदालतमा जाने बताए । नेविसंघका नाममा सहमतिमा हस्ताक्षर गर्नेहरुमाथि कारवाही प्रक्रिया थालेको उनले बताए । नेविसंघ केन्द्रीय समितिले आरआर क्याम्पसमा नेविसंघको कुनै समिति नरहेको जानकारी गराउँदै यसअघिको समिति भंग गरेको छ ।

    आरआर क्याम्पसमा २०७३ सालदेखि विद्यार्थी संगठनको विवादकै कारण निर्वाचन हुन सकेको थिएन । इतिहासदेखि सधैं अनेरास्ववियुले जित्दै आएको यो क्याम्पसमा यसपटक कुनै पनि संगठन जितप्रति विश्वस्त थिएनन् ।अखिल क्रान्तिकारी र नेविसंघका नेताहरुले चुनाव हुँदा एउटा सदस्य पनि जित्न सकिने अवस्था नरहेको भन्दै अनेरास्ववियुसँग मिलेर पदाधिकारीसहित सदस्य हात पार्न सहमति गरे । तर नेविसंघबाट सभापति उम्मेदवार बनेका जोशीलाई यो प्रक्रियामा बाइपास गरियो ।

    अखिल क्रान्तिकारीका सभापति उम्मेदवार संगम लामा उपसभापति बन्न तयार भ तर नेविसंघका सभापति उम्मेदवार जोशीका प्रस्तावक जितेन्द्र तिमल्सिनाले शैलेन्द्र उपाध्यायलाई सचिव बनाए । यसमा नेविसंघका आरआरका नेताहरु अशोकसिंह विष्ट,अनुराग शाहलगायत संलग्न रहेका थिए ।

    जोशी नेविसंघ अध्यक्ष दुजाङ शेर्पानिकट हुन् । हुन त जितेन्द्र,,अनुराग,अशोकसिंहहरु पनि संस्थापनकै हुन् । तर जोशीलाई उनीहरुले शुरुदेखि नै उम्मेदवार बनाउन चाहेका थिएनन् । यहि मेसोमा अखिलसँग मिलेर ठेगान लगाउन सफल भए ।

    अशोक सिंह विष्ट गृहमन्त्री रमेश लेखकनिकट हुन् भने अनुराग प्रकाशशरण महतनिकट हुन् । निर्विरोध प्रक्रियामा सहभागी हुने र पदाधिकारी तथा सदस्य बस्नेहरुलाई अध्यक्ष दुजाङ शेर्पाले स्पष्टिकरण सोधेका छन् । निर्विरोध घोषित पदाधिकारी र सदस्यहरुलाई राजीनामा गर्न दबाब दिएपछि उनीहरु लुकीलुकी हिँडेका छन् ।

    निर्वाचन समिति संयोजक महेश भट्टराई र यसअघि सबै संगठनका उम्मेदवारका प्रस्तावकहरुले प्रक्रिया मिलाएर हस्ताक्षर गरी सर्वसम्मत घोषणा गरेकाले निर्वाचन रद्द हुने सम्भावना भने नदेखिएको बताइन्छ ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

    • २.
      भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

    • ३.
      ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    • ४.
      नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

    • ५.
      एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

    • ६.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • ७.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ८.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.