• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ४. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ७. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ८. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। नेकपा एमालेको विधान महाधीवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । विधान महाधीवेशनमा पार्टीका शिर्ष तहको नेतृत्व सहित पार्टीका तल्लो तहका नेता कार्यकर्ताको बाक्लै उपस्थिति छ । तर नेकपा एमालेबाटै २/२ पल्ट राष्ट्रपतिको पदसम्म पुग्न सफल एवम् नेकपा एमालेको उपाध्यक्ष समेत भईसकेकि विधा भण्डारीलाई महाधिवेशन हुने स्थलमा प्रवेश रोक लगाईएको छ । नेकपा एमालेले विधिवत रुपमै सचिवालय बैठकबाट अपानी (अन्तर पार्टी निर्देशन) नै जारी गरेर पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने निर्णय गरीसकेको छ।

    Advertisement

    राष्ट्रपति हुनु अघि विधादेवी भण्डारी लामो समयदेखि एमालेको सक्रिय राजनीतिमा सक्रिय रहँदै आएकी नेतृ हुन् । भण्डारी त्यहाँबाटै नेपाल सरकारको रक्षा र वातावरण तथा जनसंख्या मन्त्री बनिन् भने पार्टी राजनीतिमा वि.स. २०३७ सालमा अनेरास्ववियुबाट महेन्द्र मोरङ्ग क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै नेकपा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष र नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष सम्म बन्न सफल रहिन् । उनको राजनीतिक यात्राले महिला नेतृत्वको सवाल मात्र होइन, एमालेको आन्तरिक सत्ता सन्तुलनमा पनि निर्णायक प्रभाव पारेको छ ।

    वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयसम्म निकट सहयात्रीको भूमिकामा रहेकी भण्डारी अहिले पार्टीभित्र पुनः सक्रिय हुने वा नयाँ भूमिकामा उभिने सम्भावनामा चर्चा भइरहेका छन् । ओलीले अझै पनि पार्टीलाई आफ्नो नेतृत्वमा केन्द्रीकृत राख्ने चाहना पालेका छन् तर उनको वरिपरि बढ्दो असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीले भण्डारीलाई सम्भावित विकल्पका रूपमा अगाडि ल्याउन सक्ने देखिएको छ । तर नेकपा एमालेको आन्तरिक राजनितिमा जहिले पनि एउटा गम्भीर नजीर स्थापित छ । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्य कै पालादेखि संस्थापन पक्षको विरोधमा उभिने व्यक्ति पार्टीकै राजनीतिबाट हराएका थुप्रै उदाहरण नेकपा एमालेले स्थापित गरेको छ। अहिले पनि कतिपय राजनैतिक वृत्तमा पुष्पलाल आफै पनि त्यसको सिकार भएको भनेर बेलाबखत चर्चा तथा परिचर्चा हुने गरेको छ। त्यसपछि सी.पी. मैनाली, आर.के. मैनाली, झलनाथ खनाल, माधवकुमार नेपाल, भिम रावल, घनश्याम भुसाल जस्ता पात्रहरु एमालेको आन्तरिक राजनीतिमा ‘बलिको बोको’ बन्नुपरेको दृष्टांत राजनैतिक वृत्तमा छताछुल्ल जस्तै छ। यस्तो अवस्थामा के विधादेवी भण्डारी अर्को माधव-अर्को झलानाथ-अर्को भिम त बन्ने होईन भन्ने डर एमालेको भण्डारी खेमातिर देखिन्छ ।

    ओलीको करीश्मा, राजनीतिक क्षमतामा भएको गिरावट र पार्टीभित्रको आन्तरिक असन्तोषले भण्डारीको राजनीतिक पुनरागमनको सम्भावना अझ बलियो भएको हो। भण्डारीको अबको राजनीति केवल व्यक्तिगत महत्वाकांक्षासँग मात्र सम्बन्धित छैन, यसले एमालेको भविष्य र देशको समग्र राजनीतिक समीकरणमा गहिरो असर पार्न सक्छ । एमालेमा फेरी एकचोटी पार्टीमा आन्तरिक किचलो जटिल अवस्थामा पुगेको छ। पछिल्लो समय एमालेको आन्तरिक गुटबन्दी सामान्य प्रतिस्पर्धा भन्दा बढी खुला असन्तुष्टि र शक्ति संघर्षमा रूपान्तरण हुँदै गएको छ।

    ओलीपछिको नेतृत्व को बन्ने भन्ने प्रश्नले पार्टीलाई अस्तव्यस्त जस्तै बनाएको छ। एमालेका शिर्ष तहका नेताहरू ओलीको एकल निर्णयप्रणालीप्रति असन्तुष्ट छन् भने युवा पुस्ता नेतृत्व हस्तान्तरणको माग गर्दै छन्। यसबीचमा ईश्वर पोखरेलको सक्रियता विशेष रूपमा अगाडि आएको छ। लामो समयदेखि ओलीका निकट सहयोगीका रूपमा रहेका पोखरेल अहिले ओलीलाई खुला चुनौती दिने तयारीमा छन् । उनले छुट्टै राजनीतिक प्रतिवेदन तयार पारीरहेको चर्चा पनि भईरहेको छ , जसले पार्टीभित्र वैकल्पिक दृष्टिकोण मात्र होइन, ओलीको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिने संकेत पनि गर्दछ।

    पार्टीका वरीष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले प्रस्तुत गर्ने प्रतिवेदनमा पार्टीलाई केन्द्रीकृत नेतृत्वको चंगुलबाट निकाल्दै संस्थागत संरचना र साझा नेतृत्व प्रणालीतर्फ लैजानुपर्ने आवश्यकता उल्लेख हुन सक्ने अनुमान गरिएको छ । यदि एमालेको आज सुरु भएको विधान महाधिवेशनमा ओलीको प्रतिवेदनसँगै पोखरेलको वैकल्पिक प्रतिवेदन प्रस्तुत भयो भने पार्टीभित्र स्पष्ट रुपमा दुई धार बन्नेछ, जसले एमालेको आन्तरिक विभाजनलाई थप गहिरो बनाउन सक्छ। यस्तो परिस्थितिमा भण्डारीजस्ता चर्चित नेतृलाई विपक्षी समूहले आफ्नो पक्षमा तान्ने वा सहयात्री बनाउन सक्ने सम्भावना पनि प्रबल देखिन्छ।

    भण्डारीको उपस्थिति पार्टीभित्रको असन्तुष्ट समूहलाई बलियो बनाउन सक्छ, किनभने उनीसँग संगठनात्मक पहुँच मात्र होइन, आम जनस्तरमा पनि प्रभाव कायम छ। यी सबै घटनाक्रमबीच एमालेको विधान महाधिवेशन अत्यन्तै निर्णायक मोडमा पुगेको छ। विधान महाधिवेशन केवल प्राविधिक वा संगठनात्मक नियमावलीको अद्यावधिक गर्ने कार्यक्रम होइन, यसले पार्टीको आगामी राजनीतिक दिशा र नेतृत्वको स्वरूपलाई पनि तय गर्नेछ। अहिले एमालेमा ओलीले आफ्नो नेतृत्वलाई फेरि एकपटक वैधानिकता दिने प्रयास गरीरहेका छन् भने विपक्षी समूहले वैकल्पिक दृष्टिकोणमार्फत पार्टीभित्र सन्तुलन कायम गर्ने कोशिस गर्नेछन् ।

    विधान महाधिवेशनलाई ओली र पोखरेलबीचको शक्ति परीक्षणको मैदानका रूपमा पनि हेरिएको छ । यही महाधिवेशनबाट एमालेको भविष्य कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा स्पष्ट हुनेछ । यससँगै भण्डारीको भूमिकाबारे पनि संकेतहरू प्रष्ट हुनेछन् । यदि ओली फेरि पनि सुदृढ भएर बाहिरिन्छन् भने भण्डारीलाई सीमित भूमिकामै राख्ने सम्भावना रहन सक्छ तर यदि विपक्षी समूह बलियो बन्न सफल भयो भने भण्डारीलाई पुनः अगाडि ल्याउने सम्भावना पनि उत्तिकै उच्च छ। एमालेको विधान महाधिवेशनमा हुने बहस, प्रस्तुत हुने राजनैतिक प्रतिवेदन र निर्णयहरूले भण्डारीको अबको राजनीतिक यात्राको आधार तय गर्नेछ ।

    यसरी हेर्दा भण्डारीको अबको राजनीति, पोखरेलको प्रतिवेदन र विधान महाधिवेशनबीच गहिरो सम्बन्ध गाँसिएको छ । यी तीनवटै तत्व एउटै सूत्रमा बाँधिएका छन्, जसले एमालेको भविष्य मात्र होइन, देशको राजनीतिक स्थिरता र आगामी निर्वाचनको परिणामसम्मलाई पनि प्रभावित पार्न सक्छ ।

    यदि भण्डारीले सशक्त पुनरागमन गरिन् भने एमालेभित्रको शक्ति सन्तुलन मात्र होइन, समग्र नेपाली राजनीति नयाँ मोडमा प्रवेश गर्नेछ। तर यदि उनी निष्क्रिय भइन् भने पार्टी पुनः ओली केन्द्रित शक्तिमा सीमित हुने छ- जसले नेकपा एमालेभित्रको दीर्घकालीन असन्तोषलाई अझै दरीलो बनाउदै लैजान सक्छ । त्यसैले भण्डारीको अबको राजनीति केवल उनको व्यक्तिगत निर्णय होइन, यो एमालेको किचलो, पोखरेलको वैकल्पिक प्रयास र विधान महाधिवेशनको नतिजासँग गाँसिएको ऐतिहासिक मोड हो- जसले भविष्यमा नेपाली राजनीतिलाई नयाँ बाटो देखाउन पनि सक्छ ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?
    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?
    अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय
    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ४.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    भर्खरै

    • १.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    • २.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • ३.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    • ४.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • ५.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ६.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ७.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ८.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.