• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • ९. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • १०. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ

  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • काठमाडमैं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    Advertisement

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

    त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’

    निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

    जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

    तलब भत्ता गणतन्त्रको, नारा ‘राजा आऊ देश बचाऊँ’

    राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

    यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

    विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.