माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको आरोप लगाएका छन् ।
बिहीबार रूपन्देही भैरहवामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकारको क्रियाकलाप र नियुक्ति हेर्दा बिचौलियाको स्वार्थअनुसार चलेको पुष्टि भएको बताए ।
उनले आफूलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै कांग्रेस र एमालेभित्रै सरकारप्रति असन्तुष्टि देखिएको जिकिर गरे । प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको समेत बताए । उनले कसैको अधिकार कटौती गर्न नभइ संविधानलाई पूर्ण बनाउन संशोधन गर्नुपर्ने उल्लेख गरे ।