• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ८. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ९. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • १०. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

सरकारले विज्ञप्ति मात्रै निकालेर पुग्दैन, न्याय चाहियो -प्रकृतिको परिवार


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको मृत्युपछि उनको परिवार मात्रै हैन, सिंगो भैरहवा शोकमा डुबेको छ ।
    ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्ष अध्ययनरत प्रकृति आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी थिइन् ।
    घटना हुनु २० मिनेट अघि काठमाडौंमा रहेकी आमा सरितासँग प्रकृतिले आफू एउटा कन्सर्टमा गएको र फेसबुकमा फोटो पोष्ट गरेको भन्दै खुशी साटासाट गरेकी थिइन् । कुराकानीको २० मिनेटपछि प्रकृतिको मृत्युको खबरपछि परिवारमा सन्नाटा छायो ।आमा सरिता बेहोस भइन् भने बुबा सुनिल घटनास्थलतर्फ लागे ।
    सरितालाई सोमबार काठमाडौंबाट भैरहवा घर ल्याइएको छ । ‘घटना हुनुअघि आमासँग राम्रै कुराकानी भएको रहेछ, २० मिनेट पछि एक्कासी मृत्यु खबर आएपछि परिवारमा सन्नाटा छाएको छ’, प्रकृतिकी फुपु सीता ढकालले भनिन्, ‘प्रकृतिकी आमा सरिता आज (मंगलबार) सम्म पनि सामान्य अवस्थामा फर्किन सक्नुभएको छैन,कसैसँग बोल्न र कुराकानी गर्ने अवस्था छैन ।’
    स्याङजाबाट भैरहवामा बसाइँसराइ गरेका लम्साल परिवारमध्ये प्रकृतिका बुबा-आमा काठमाडौं धापासीमा साथी फुड्स उद्योग चलाएर बसेका थिए ।
    सिद्धार्थनगर नगरपालिका वडा नं ८ बैंक कलोनी भैरहवामा प्रकृतिका हजुरबुबा देवनाथ लम्साल र हजुरआमा बस्दै आएका छन् ।
    प्रकृतिकै सहपाठी कोलकाता घर भएका एडविक श्रीवास्तवले मानसिक तनाव (ह्यारेसमेन्ट) दिएकाले प्रकृतिको शंकास्पद मृत्यु भएको जानकारी आएको प्रकृतिका मामा शिव पोख्रेलले बताए ।
    ‘प्रकृतिका बुबा घटनास्थल जानुभएको छ, आमा राम्रोसँग कुराकानी गर्ने अवस्थामा हुनहुन्न त्यसैले घटनाबारे धेरै जानकारी छैन तर थाहा भए अनुसार उनलाई ह्यारेसमेन्ट दिएकाले मृत्यु भएको कुरा आएको छ’, पोखरेलले भने ।
    प्रकृतिको मृत्युसँगै त्यहाँ पढ्ने सयौं नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले गरेको ज्यादतीले सिंगो नेपालीको अपमान भएको पोखरेलले बताए ।
    विश्वविद्यालय प्रशासनका केही व्यक्तिले ४० हजार नेपालीलाई भारतले नि:शुल्क पढाइदिएको भन्दै नेपालीमाथि अपमान गरेको पोखरेलले बताए । ‘प्रकृतिको त ज्यान नै गयो तर अरु सयौं नेपाली विद्यार्थीमाथि भएको ज्यादतीले सिंगो नेपालकै अपमान भएको छ’, पोखरेलले भने, ‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, प्रधानमन्त्री तहबाट कुरा गरेर घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई हदैसम्मको सजाय र मृतक परिवारलाई न्याय दिनुपर्छ ।’
    सिद्धार्थनगर नगरपालिकाका वडा नं ८ का अध्यक्ष राजनजंग राणाले प्रकृतिको मृत्यु र त्यसपछि सयौं नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारे नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नुपर्ने बताए ।
    ‘यो घटनाले प्रकृतिको परिवार र भैरहवा मात्र हैन सिंगो नेपालको अपमान गरेको देखिन्छ, यसलाई सामान्य ढंगले लिन मिल्दैन सरकारले उच्च तहमा वार्ता गर्नुपर्छ’, वडाध्यक्ष राणाले भने, ‘गल्ती गर्नेले सजाय पाउनुपर्छ,माफी माग्नुपर्छ परिवारले न्याय पाउनुपर्छ ।’
    घटनाको विरोधमा प्रदर्शन भएपछि विश्वविद्यालय प्रशासनले विद्यार्थीहरुले प्रदर्शन गरी तनाव दिएको भन्दै नेपाली विद्यार्थीहरुलाई होस्टल खाली गरेर घर फिर्ता पठाएको छ ।
    नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ । दुतावासको पहलकदमीपछि विश्वविद्यालय प्रशासनले होस्टलमा फर्कन विद्यार्थीलाई आग्रह गरेको छ ।
    दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ ।
    राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
    दूतावासले नेपाली नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ । इन्स्चिट्युटले पनि सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूले छात्रावासमै बस्न पाउने जनाएको हो ।
    उक्त घटनामा प्रहरीले प्रकृतिलाई ह्यार्समेन्ट दिएका एडविक श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिएकी थिइन् ।
    यद्यपि विश्वविद्यालयले उजुरीमा कुनैपनि कारबाही प्रक्रिया अगाडि नबढाएको नेपाली विद्यार्र्थीहरूको गुनासो छ ।
    भारतमा नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै नेपालमा पनि घटनाको विरोध प्रदर्शन गरिएको छ । नेपाली युवा विद्यार्थीहरू लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

    Advertisement

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.