• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ५. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ६. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ७. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ८. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ९. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

  • १०. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

रविमाथि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ !


  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
  • सभापति रवि लामिछाने विरुद्धको अनुसन्धानमा प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ ।

    Advertisement

    प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले बतायो ।

    पछिल्लो पटक थपिएको ५ दिनको म्याद सकिनु अगाडि नै प्रहरीले सोमबार लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष तथा पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी लिला पछाईविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

    हामीले ३ वटै कसुरमा भएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं । सरकारी वकिलको कार्यालयले सो प्रतिवेदनलाईसमेत आधार मानेर अदालतमा अभियोजन पेश गर्ने छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर १/२ दिनभित्रै अभियोजन अदालतमा लैजाने छ ।’

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएका रविलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा कारबाही गर्न प्रहरीले सिफारिस गरेको छ ।

    सहकारी ठगीमा पक्राउ परेका व्यक्तिलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । यसैगरी संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ ।


    सहकारी ठगी प्रकरणमा पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडिया प्रालिका पूर्व उपाध्यक्ष छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यही सहकारी ठगी प्रकरणमै कात्तिक २ गते पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइएको थियो । एउटै मुद्दा भएकाले त्यसमै मिलान गरी रविसहितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको थियो ।

    प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । त्यसैले ती सबै ठाउँमा लगेर रविको बयान गराइएको छ ।

    संसदीय समितिको प्रतिवेदन अनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
    जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
    बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
    विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
    सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ५.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ६.
      पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

    भर्खरै

    • १.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • २.
      जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

    • ३.
      बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

    • ४.
      नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    • ५.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • ६.
      सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

    • ७.
      थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

    • ८.
      शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.