×
शुक्रबार, साउन ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ३. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ४. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ५. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ६. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ७. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ८. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ९. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • १०. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

योमरी पूर्णिमा र ज्यापु दिवस मनाउँदै नेवार समुदाय !


  •   आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
  • नेवार समुदायले आज योमरी पूर्णिमा पर्व एवम् ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदैछन् । पर्व एवम् दिवसको अवसरमा काठमाडौंका रैथाने नेवार समुदायले र्‍याली निकाल्ने गर्दछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ ।
    योमरी एक परिकार हो । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

    Advertisement

    योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

    धान्य पूर्णिमा पनि मनाइँदै

    आजैका धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मंसिरमा धान भित्राएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।

    आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ३.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ४.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ५.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    भर्खरै

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ३.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ४.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ५.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ७.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ८.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.