• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

  • १०. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

बिश्नोईको सदस्य भन्दै धम्की दिने फुयाँलसँग दुर्गा प्रसाईंको निरन्तर फोन सम्पर्क !


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको नामबाट नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच ‘कनेक्सन’ देखिएको छ । हाल प्रसाईं पनि प्रहरी थुनामा छन् ।

    Advertisement

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले यही मंसिर ४ गते पक्राउ परेको थियो । प्रहरीको साइबर ब्युरोको टोलीले उनीमाथि अनुसन्धान जारी राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाकोे टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको भन्दै विवरण सार्वजनिक गरेपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।

    गएको शुक्रबार पक्राउ परेका झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय फुयाँलसँग उनको कनेक्सन देखिएको छ । फुयाँलले आफू भारतीय आपराधिक समूह बिश्नोईको सदस्य रहेको भन्दै व्यवसायीलाई फोन र मेसेजमार्फत धम्की दिने गरेका थिए । उनले कतिपय व्यवसायीलाई दुर्गा प्रसाईंसँग माफी माग्न समेत चेतावनी दिँदै आएका थिए ।


    व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको पाइएपछि प्रहरीको विशेष ब्युरोको टोलीले फुयाँललाई भारतबाट पक्राउ गरेको थियो । हाल उनीमाथि सीआईबीले अनुसन्धान जारी राखेको छ । उनीसँग कनेक्सन देखिएपछि प्रसाईंमाथि समेत आपराधिक लाभ लिन खोजेको आरोपमा अनुसन्धान गरिने भएको छ ।

    सीआईबीले प्रसाईंले आपराधिक संगठन नै बनाएको आरोपमा संगठित मुद्दामा अनुसन्धान गर्ने तयारी गरेको छ । सीआईबीका एसपी होविन्द्र बोगटीले फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएपछि संगठित अपराधमा अनुसन्धान आकर्षित हुने बताए ।

    “प्रसाईंकै निर्देशनबमोजिम फुयाँलले व्यवसायीलाई धम्की दिने गरेको खुलेको छ, हामी थप अनुसन्धान गर्दै छौँ । संगठित मुद्दा आकर्षित हुने देखिन्छ,” एसपी बोगटीले बाह्रखरीसित भने ।

    सीआईबीसँग बयानका क्रममा फुयाँलले आफूले प्रसाईंकै निर्देशनानुसार व्यवसायीलाई फोन गर्ने गरेको स्वीकार गरेका छन् ।

    प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियाकोे टेलिकम कम्पनीमा लगानी गरेको भन्नेबारे आफूलाई ह्वाट्सएपमार्फत कागजात प्राप्त भएको र त्यसको ‘भेरिफाई’ गर्न आफू चुकेको स्वीकार गरेका छन् ।

    तर, प्रसाईंले प्रधानमन्त्री ओलीविरुद्धको कागजात आफैँले एक करोड ११ लाख रुपैयाँ खर्च गरेर किर्ते बनाएको भन्दै बोलेको भिडियो नै सार्वजनिक भएको छ ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • २.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ३.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    • ४.
      रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

    • ५.
      ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    • ६.
      तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

    • ७.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • ८.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.