पाकिस्तानमा जारी, ब्लाइण्ड टी२०, क्रिकेट ,विश्वकपमा, नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको ९५ ,रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २०, ओभरमा ७, विकेट गुमाएर ९४, रन बनाएको थियो । नेपालका,लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको ,थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो ।