• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

च्याउखेतीबाट मनगै कमाउदै मासिक एक लाख भन्दा बढी आम्दानी !


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो

    Advertisement

    आम्दानी गरिरहेका छन् । सात वर्ष वैदेशिक रोजगारीमा विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि राम्रो आम्दानी भइरहेको उनले

    बताए । उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरुले पाँचवटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकेजी १७० र फर्ममै किन्न आउने व्यापारीलाई

    १५० मा बिक्री गर्ने गरेको उनले बताए । रोशनले भने, ‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी,

    कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।’
    बिज्ञापन


    तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको

    छ । मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले पाँच सय रुपैयाँमा काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,’ उनले भने,

    ‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’ च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो
    स्वास्थ्यका लागि पनि राम्रो मानिने र यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक ३५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।

    साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने

    रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न’, रोशनले भने । उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान पाउका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार अनुदान दिएको थियो।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • २.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    • ३.
      रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

    • ४.
      मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

    • ५.
      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

    • ६.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • ७.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ८.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.