• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • १०. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

हनी ट्रयापमा एसपी थापासहित ४ जनामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन !


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा सरकारी वकिलको कार्यालयले एसपी कमल थापामाथि थप अनुसन्धान गर्नुपर्ने औंल्याएको छ ।

    Advertisement

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर गर्दै एसपी थापाको हकमा थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिल कार्यालयले औंल्याएको हो ।

    ललितपुर सहकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले थप अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको बताए ।

    ‘एसपी थापासहित अन्य व्यक्तिमाथि थप अनुसन्धान गर्न भनेका छौं,’ मैनालीले अनलाइनखबरसँग भने, ‘यो विषय अभियोगपत्रमा पनि उल्लेख गरेका छौं ।’

    मैनालीले भनेजस्तै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तयार पारेको अभियोगपत्रमा पनि यस विषयमा उल्लेख गरिएको छ ।

    अभियोगपत्रमा ‘प्रतिवादी ताज स्लाम, एसपी कमल थापा, भगवती थापा, खुसी रसाइली र अनिषा कार्कीको हकमा घटना विवरण कागज मिसिलमा संलग्न हुन आएको देखिन्छ । उनीहरूको संलग्नताको सम्बन्धमा थप प्रमाण खुली आएका बखत थप अभियोगपत्र पेस हुने व्यहोरा समेत अनुरोध छ’ उल्लेख गर्दै थप मुद्दा लैजाने बाटो खुल्ला राखिएको छ ।

    यता सीआईबीले पनि एसपी थापाको हकमा थप अनुसन्धान भइरहेको जनाएको छ । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले यो घटनाको अनुसन्धान नसकिएको बताएका छन् ।

    थप अनुसन्धान गर्ने भनिएकी मनिषा कार्की भने घटनाका मुख्य योजनाकार ताजको प्रेमिका रहेको खुलेको छ । खुसी रसाइली भने यस्तै अर्को घटनामा प्रयोग गर्न लागिएकी युवती रहेको खुलेको छ ।

    प्रतिवादी बनाइएका ६ जनाको हकमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको छ ।

    यसमा भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार प्रतिवादी छन् । पक्राउ प्रतिवादीहरूमा भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।

    यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

    हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको छ । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

    हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.