• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

लोकप्रिय समाचार

  • १. संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

  • २. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ३. प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

  • ४. भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

  • ५. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

  • ६. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • ७. चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

  • १०. सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

हनी ट्रयापमा एसपी थापासहित ४ जनामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन !


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा सरकारी वकिलको कार्यालयले एसपी कमल थापामाथि थप अनुसन्धान गर्नुपर्ने औंल्याएको छ ।

    Advertisement

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर गर्दै एसपी थापाको हकमा थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिल कार्यालयले औंल्याएको हो ।

    ललितपुर सहकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले थप अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको बताए ।

    ‘एसपी थापासहित अन्य व्यक्तिमाथि थप अनुसन्धान गर्न भनेका छौं,’ मैनालीले अनलाइनखबरसँग भने, ‘यो विषय अभियोगपत्रमा पनि उल्लेख गरेका छौं ।’

    मैनालीले भनेजस्तै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तयार पारेको अभियोगपत्रमा पनि यस विषयमा उल्लेख गरिएको छ ।

    अभियोगपत्रमा ‘प्रतिवादी ताज स्लाम, एसपी कमल थापा, भगवती थापा, खुसी रसाइली र अनिषा कार्कीको हकमा घटना विवरण कागज मिसिलमा संलग्न हुन आएको देखिन्छ । उनीहरूको संलग्नताको सम्बन्धमा थप प्रमाण खुली आएका बखत थप अभियोगपत्र पेस हुने व्यहोरा समेत अनुरोध छ’ उल्लेख गर्दै थप मुद्दा लैजाने बाटो खुल्ला राखिएको छ ।

    यता सीआईबीले पनि एसपी थापाको हकमा थप अनुसन्धान भइरहेको जनाएको छ । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले यो घटनाको अनुसन्धान नसकिएको बताएका छन् ।

    थप अनुसन्धान गर्ने भनिएकी मनिषा कार्की भने घटनाका मुख्य योजनाकार ताजको प्रेमिका रहेको खुलेको छ । खुसी रसाइली भने यस्तै अर्को घटनामा प्रयोग गर्न लागिएकी युवती रहेको खुलेको छ ।

    प्रतिवादी बनाइएका ६ जनाको हकमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको छ ।

    यसमा भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार प्रतिवादी छन् । पक्राउ प्रतिवादीहरूमा भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।

    यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

    हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको छ । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

    हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !
    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले
    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    Facebook Page

    लोकप्रिय

    • १.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • २.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ३.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ४.
      भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

    • ५.
      जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

    • ६.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    भर्खरै

    • १.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • २.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • ३.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ४.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ५.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • ६.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ७.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ८.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.