सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्रले शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ एता भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसदको अपमान गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ । त्यसतर्फ लक्षित गर्दैै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम का शुरुभएपछि– ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ?
रास्वपाको प्रदर्शनलाई न्यायालय प्रभावित गर्ने ‘भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’ भन्दै शर्माले प्रश्न गरेका छन् ।
शर्माले रास्वपालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् । उनी भन्छन्, ‘कांग्रेसका दुई–चार, एमालेका दुई–चार, माओवादी, राप्रपा र रास्वपाका दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं ।