• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ८. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ९. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द !

  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेदेखि भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० दिन बन्द गर्न लागिएको हो ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो । यो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।

    निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण गाडी रोकिएको छैन ।

    उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।

    यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

    यो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.