यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९एन(एएनसी(एटीआर(७२(५०० विमान दु,र्घटनामा परेर मृ,त्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ ।,
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका श,व केही बेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।
मृ,तकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ ।
चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दु,र्घटनामा परेका ७१ जनाको शव भेटिएको ,बाँकी एक व्यक्ति अझै बे,पत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ । सनाखत भएका केही श,व भने पोखराबाटै आफन्तलाई बुझाइएको छ ।