• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ३. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ८. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • ९. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

तातोपानी नाकाबाट सामान लिएर फर्कंदै थिइन् सुन्तली: मध्यराति भोटेकोसीमा अस्ताइन्, सानुको अवस्था अज्ञात


  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
  • तातोपानी नाकाबाट सामान लिएर फर्कंदै थिइन् सुन्तली: मध्यराति भोटेकोसीमा अस्ताइन्, सानुको अवस्था अज्ञात
    दर्सक बृन्द सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट निकालिएको बोलेरोमा सवार दुईमध्ये शनिबार एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी निरञ्जन भट्टराईका अनुसार, बेपत्ता अर्का एकजनाको खोजी कार्य जारी छ। यद्यपि, शनिबार साँझसम्म पनि बेपत्ता अर्का एक जना फेला परेका छैनन्। एक पुरुष र एक महिला सवार बा २० च २१८५ नम्बरको उक्त बोलोरो गाडीमा सवार बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङको शव फेला परेको हो। स्थानीयको सहयोगमा प्रहरीले लिएको जानकारी अनुसार, बोलेरो चालक भोटेकोसी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन्। शेर्पालाई भने फेला परेका छैनन्।
    बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार, मृत फेला परेकी सुन्तली व्यवसायी हुन्। वडा नम्बर ८ मा स्थायी ठेगाना भएपनि सुन्तली वडा नम्बर ९ स्थित बाह्रबिसेमा बसोवास गर्ने गर्छिन्। ‘उहाँ व्यवसायी हो। तातोपानी नाकाबाट सामान ल्याउँदै हुनुहुँदो रहेछ,’ मेयर बस्नेतले भने, ‘सोही क्रममा गाडी भोटेकोसी नदीमा खसेको खुलेको छ।’
    शुक्रबार दिउँसोमात्रै उक्त बोलेरो दुर्घटनाबारे स्थानीयमार्फत प्रहरीले थाहा पाएको थियो। तर, उनीहरू बिहीबार राति नै दुर्घटनामा परेको मेयर बस्नेतले बताए। ‘गाडीको एउटा सामान बगाउँदै गरेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका रहेछन्, तर दुर्घटना त शुक्रबार राति कै हो नि,’ मेयर बस्नेतले भने।
    रातिको समयमा गाडी भोटेकोसीमा खसेको र शुक्रबार दिउँसो १२ बजेमात्रै थाहा पाइएको उनले बताए। मेयर बस्नेतका अनुसार, मृत भेटिएकी महिला चिनियाँ नाका हुँदै विभिन्न खाद्यवस्तुका सामग्रीहरू गाडीमा एकैपटक ल्याएर बेच्ने काम गर्थिन्। सोही क्रममा बिहीबार पनि उनी तातोपानी नाकाबाटै सामान लिएर फर्किरहेको आफन्तसँगको सोधखोजका क्रममा खुलेको छ।
    (सुन्तली)ले चक्लेट, बिस्कुट, जुस लगायतका सामग्रीहरू ल्याउने गर्थिन ’ मेयर बस्नेतले भने। सुन्तलीको शव उनका ससुरा धनबहादुर तामाङले सनाखत गरेका छन्। उक्त शव भोलि (आइतबार) पोस्टमार्टम गरेर मात्रै परिवारलाई बुझाइने डीएसपी भट्टराईले भने।

    Advertisement

    गाडी दुर्घटना भएको थाहा पाउनासाथ प्रहरीले क्रेन लगाएर ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त अवस्थामा निकालेको थियो। वडा नम्बर ६ स्थित बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएको थियो। गाडी नदीबाट निकाल्दा कोही पनि मानिस थिएनन्। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।

    आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी
    सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

    • २.
      ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

    • ३.
      मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

    • ४.
      माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    • ५.
      मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

    • ६.
      सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

    • ७.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • ८.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.