वीरगंज – पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र २ जना युवकको शव फेला परेको छ । निकुञ्जको रामभौरी भाटादेखि करिव १५ किलोमिटर उत्तर पश्चिममा पर्ने बसतपुर भन्ने ठाउँमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृतकहरु मकवानपुर राक्सिराँगका राजकुमार नेगी र मकवानपुर मनहरी ५ का रामबहादुर मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीहरु श्रावणमा लाग्ने मेला हेर्न भाटास्थित प्रसिद्ध दुग्धेश्वर महादेव मन्दिरमा हिँडेको अवस्थामा गएको सोमबारदेखि नै जंगलमा बेपत्ता भएका थिए । बेपत्ता भएका २ को शव फेला परेको हो ।