×
आइतबार, साउन १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

लोकप्रिय समाचार

  • १. रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

  • २. नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

  • ३. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ४. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ५. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ६. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ७. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ८. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ९. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • १०. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

भारी वर्षा सँगै पहिरोले देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति ।


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • काठमाडौं – वर्षाका कारण पहिरो जाँदा देशका विभिन्न १३ ठाउँमा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् ।
    चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ ।

    Advertisement

    त्यस्तै सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको हो ।
    त्यसै गरी डोल्पा-त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिमरमुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।
    अवरुद्ध ती सडक प्रहरी, सेना तथा स्थानीयको सहयोगमा खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । तेस्तै गरेर बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ ।

    वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटा स्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो ।

    बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो । यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन्।

    यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ८ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । हिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए. घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएका छ। गाउँ यतिबेला शोकमा डुबेको छ । एकै गाउका ८ जनाको मृत्युले गाउ सोकाकुल बनेको हो।

    त्यस्तै गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा पहिरोले २ वटा घर पुरिदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन् पहिरोमा पुरिएर ४८ बर्षिय गोरे बिक, ६७ बर्षिय हुमुक बिक, साढे दुई बर्षिय रियन्सा बिक र ६६ बर्षिया मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान घरमाथीबाट लेदो सहितको पहिरोले बिस्णु बिकको घर र हुकुम बिकको घर पुरिएको थियो । पहिरोमा पुरिएकाहरुको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन
    रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र
    एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी
    ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’
    कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी
    विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • २.
      नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

    • ३.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ४.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ५.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ६.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    भर्खरै

    • १.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • २.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ३.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ४.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    • ५.
      एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

    • ६.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ७.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ८.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.