काठमाडौँ। मन्दिरमा आज भएको भागदौडमा कम्तीमा सातजनाको मृत्यु भएको छ। अन्य ३५ जना घाइते भएका छन्।
भारतको बिहारको जहानाबाद जिल्लास्थित एक मन्दिरमा सोमबार भागदौड मच्चिएको हो । बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको हो अन्य३५ जनाभन्दा बढी घाइते भएको बताइएको संचार माध्यम हरुले जनाएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भक्तजनहरुबीच विवाद भएपछि हानाहान र भागदौड मच्चिएको थियो । उनीहरु बिहान सबेरै भगवान शिवलाई जल चढाउन मन्दिरतर्फ जाँदै थिए । घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको थियो। बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो । जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए ।
भागदौडमा ३५ श्रद्धालु घाइते भएका छन् । जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव लगिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ । दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ । जेहानाबादका प्रहरीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताएका छन् । उनीहरूका अनुसार शव पोस्टमार्टमका लागि पठाइँदै छ ।
यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गरे । यस्तै सो घटनाबारेमा अनुसन्धान भइरहेको छ । साउन महिनामा यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार गएराति देखि नै धेरै मानिस पूजा गर्न आएका थिए ।