उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र इलामेली जनतालाई धन्यवाद दिएका छन् ।
आज उनले एक लामो वक्तव्य निकाल्दै आफूलाई विजयी गराएर जिम्मेवारी दिएकोमा आभार प्रकट गरेका हुन् ।
उनले भनेका छन्,मेरो हात समाएर बाबु अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यू प्रति आभारी छु।’
सुहाङले भने बुबा सुवासचन्द्र नेम्वाङले कल्पना गरेको समृद्ध इलामः सुखी इलामेलीको मन्त्रलाई प्राथमिकतामा राखेर साझा सपना र संकल्प पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

