ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृ त्यु भएको छ ।
घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृ त्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।
ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

