काठमाडौँ। अछाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको प्रहरीले जानकारी दिए ।
सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।