काठमाडौँ। लामो समयदेखि डिजिटल मिडिया मार्फत उद्यमशील र पौरखी कर्म विरहरुका सफलताका कथालाई उजागर गर्दै आएका छन्।
बुढाथोकीलाई उद्यमशीलताका लागि प्रोत्साहित सम्मान स्वरुप ‘उद्यमशीलता प्रवद्र्धन पत्रकारिता अवार्ड’ प्रदान गरिएको छ ।
मंगलबार आयोजित राष्ट्रिय डिजिटल अवार्ड २०८०को कार्यक्रमको बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
प्रातिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।
बिभिन्न रेडियोमा काम गरेका बुढाथोकी हाल रेकर्ड खबर डटकमको संचालक / सम्पादकको भूमिकामा रहेका छन्।
बुढाथोकीसंग रेडियोको भन्दा अनलाइन पत्रकारिताको अनुभव लामो छ । खोजमूलक पत्रकारितामा रुचि राख्ने बुढाथोकी हाल कृषि,पशुपन्छी तथा मत्श्य एवं औधोगिक बिटमा बढी सकृय छन् ।
कृषि/औधोगिक डिजिटल मिडियामा फरकपनको सुरुवात गरेका बुढाथोकीले हाल सम्म देशका करिब ५० ओटा जिल्ला भित्रका कुना-कन्दरामा पुगेर बिभिन्न भिडियो सामाग्री प्रसारण गरेकै कारण आज नेपाली पत्रकारितामा उहाको नाम चर्चित छ ।
छापामा भन्दा श्रव्यदृश्य पत्रकारितामा विशेष रुची र विस्वास राख्ने बुढाथोकीले प्रसारण गरेका भिन्न-भिन्न रोचक एवं विश्वसनीय सामाग्रीकै कारण आफ्ना दर्शक स्रोतामा लोकप्रिय उनै कृष्ण बुढाथोकीलाई हामी राष्ट्रिय डिजिटल मिडिया २०८० को ‘उद्यमशीलता प्रवद्र्धन पत्रकारताअवार्ड’ प्रदान गरिएको हो।
न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा भट्टराई सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।