काठमाडौँ। पत्रकार विरेन्द्र जैरुलाई ‘जनसेवा पत्रकारिता अवार्ड’ प्रदान गरिएको छ।
न्युज २४ टेलिभिजनका सिधा कुरा जनता संगका कार्यक्रम संचालक जैरुलाई लाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।
न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जैरु सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।
स्थानिय युनिटी एफ.एम ९२.२ मेगाहर्जबाट पत्रकारिताको प्रारम्भ गरेका जैरुले रेडियो र पत्रिकामा काम गर्दै गर्दा नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजनको जिल्ला संवाददाताको रुपमा काम गरेका थिए। सगरमाथामा नै काम गरेसंगै काठमाडौँको बाट पुन सगरमाथा टेलिभिजन यात्रा सुरु गर्दै खेलकुद विधामा रिपोर्टिङ, कार्यक्रम संचालन गर्दै समाचार बाचक रुपमा सगरमाथा टेलिभिजनमा
लामो अनुभव लिएका छन्।
हाल देशकै लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको प्रस्तोताको रुपमा न्युज २४ टेलिभिजन बाट आमनागरिकका मुद्दासँग प्रत्यक्ष सरोकार राख्दै कसैको दबाब, प्रभावमा नपरिकन निश्पक्ष पत्रकारिता मार्फत आम नागरिकको सेवाका लागी कार्यक्रम सिधा कुरा जनतासँगमार्फत
विभिन्न बेथिती र भ्रष्टाचारका काण्डहरु उजागर गर्दैगर्दा ज्यानै लिने सम्मको धम्कि देखि परिवार नै सखाप धम्कीलाई प्रवाह नगरी पत्रकारले सूचना मात्रै होइन् नागरिकको समस्या समाधानमा गर्नमा पनि सकिन्छ भन्दै पत्रकारिता गर्दै आउनु भएका बिरेन्द्र जैरुलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० को जनसेवा पत्रकारीत अवार्ड बाट सम्मानित गरिएको हो।