काठमाडौँ। सिटिजन एचडी अनलाइन टिभीमा कार्यरत भुवन गुरागाईँलाई ‘डिजिटल मिडिया प्रस्तोता अवार्ड’ प्रदान गरिएको छ।
मगलबार आयोजना गरि एको राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० मा उनलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।
छापा माध्यममा समेत पत्रकारिता गरेका गुरागाईँ पछिल्लो समय डिजिटल मिडियामा सामाचार प्रस्तोताको रुपमा लोकप्रिय छन् ।
मिठो आवाज र शैलीका कारण उनको प्रस्तुतिलाई धेरैले मन पराएकोले उनलाई सम्मान गरिएको थियो।