काठमाडौँ। जनता जान्न चाहन्छन कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई ‘डिजिटल मिडिया पपुलर प्रोग्राम अवार्ड’ प्रदान गरिएको छ ।
प्राइम टाइम टिभीका अध्यक्ष समेत रहेका धमलालाई डिजिटल माध्यममा ‘जनता जान्न चाहन्छन कार्यक्रम’ सर्वाधिक लोकप्रिय रहेकाले उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।
उनलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले एक समारोहकाबीच अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको छ।


